आगलागीमा इम्बोस्ड नम्बर उत्पादन गर्ने प्लान्ट र लाइसेन्स छपाई गर्ने मेसिन ध्वस्त
सरकारले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने योजना बनाएको भए पनि अहिलेसम्म करिब १ लाखमा मात्र जडान भएको विभागले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ।

२०८२ भदौ २६ बिहीबार, राति ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं | सोमबार जेन–जीको प्रदर्शनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगलागी हुँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई गर्ने मेसिन र इम्बोस्ड नम्बर प्लेट उत्पादन प्लान्ट जलेर ध्वस्त भएको छ।
विभागका अनुसार करिब २० हजार छपाइ भइसकेका लाइसेन्स पनि जल्ने, हराउने वा छरपस्ट हुने अवस्थामा पुगेका छन्। कार्यालयमा पार्किङमा रहेका ७ गाडीसमेत जलेका छन्।
भवन जीर्ण बनेकाले तत्काल मर्मत गरेर सञ्चालन सम्भव नभएकाले सबै प्रणाली बन्द भएको उपमहानिर्देशक केशव खतिवडाले बताए। अनलाइन आवेदन, इम्बोस्ड नम्बर प्लेट र तत्काल लाइसेन्स वितरणजस्ता सेवा अझै एक–दुई महिना बन्द रहनेछन्।
सरकारले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने योजना बनाएको भए पनि अहिलेसम्म करिब १ लाखमा मात्र जडान भएको विभागले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…