भदौ २९ गतेदेखि सर्वोच्च अदालतको कामकाज नियमित हुने
प्रधानन्यायाधीश राउतले आगजनी, ढुङ्गामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनमा भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । यस्तै उहाँले आगजनी र नष्ट हुनबाट जोगिएका नागरिकको सम्पत्तिका रूपमा रहेका अदालतका मिसिल कागजातहरू र भौतिक स्रोतसाधनको संरक्षणमा खट्ने कर्मचारी, सुरक्षाकर्मीहरूलाई धन्यवाद दिनुभएको छ ।

२०८२ भदौ २६ बिहीबार, बेलुकी ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सर्वोच्च अदालतले आउँदो आइतवार भदौ २९ गतेदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ गर्ने भएको छ ।
आज बसेको सर्वोच्च अदालतको आकस्मिक बैठकले यो निर्णय गरेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
‘जेन–जी’ को आन्दोलनका कारण सर्वोच्च अदालत, सिंहदरबारसहित काठमाण्डौका प्रमुख प्रशासकीय भवनहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।
प्रधानन्यायाधीश राउतले आगजनी, ढुङ्गामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनमा भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । यस्तै उहाँले आगजनी र नष्ट हुनबाट जोगिएका नागरिकको सम्पत्तिका रूपमा रहेका अदालतका मिसिल कागजातहरू र भौतिक स्रोतसाधनको संरक्षणमा खट्ने कर्मचारी, सुरक्षाकर्मीहरूलाई धन्यवाद दिनुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…