नेपालको एक मात्र जनकपुर-जयनगर रेल अनिश्चितकालिन बन्द, यात्रुहरु स्टेशनमै अलपत्र
रेलको प्रतिक्षामा रहेका सयौँ सर्वसाधारण यात्रुहरु अलपत्र परेका छन् । रेल नचल्ने भएपछि उनीहरु बैकल्पिक साधन उपयोग गर्न बाध्य भएका छन् । यस सन्दर्भमा रेल्वेका महाप्रबन्धक निराजन झालाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । टिकट काउण्टरमा रेल बन्द भएको जानकारी प्राप्त यात्रुले गरेको हो ।

२०८२ भदौ २५ बुधबार, दिउँसो ३:३१ बजे१ मिनेट पढाइ

शम्भु पण्डित, जनकपुरधाम । देश अस्थित भएपछि जनकपुरको एक मात्र जनकपुर जयनगर रेल्वे आवतजावत बन्द भएको छ । रेल्वे समेत अनिश्चितकालिन बन्द गरिएको हो ।
हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै रेल प्रशासनले सूचना जारी नभएसम्मको लागि बन्द गरिएको बताईएको छ । यद्यपी, अधिकारीक पत्र भने देखिएको छैनन् ।
वर्तमान समयमा भईरहेको आन्दोलनको क्रममा हुन सक्ने जनधनको क्षतिलाई मध्यनजर गरी जयनगरमा रेल्वे थन्काईएको हो । सुरक्षाको दृष्टिकोणले भारतमा रेल्वे थन्काइएको जनाइएको छ ।
रेलको प्रतिक्षामा रहेका सयौँ सर्वसाधारण यात्रुहरु अलपत्र परेका छन् । रेल नचल्ने भएपछि उनीहरु बैकल्पिक साधन उपयोग गर्न बाध्य भएका छन् ।
यस सन्दर्भमा रेल्वेका महाप्रबन्धक निराजन झालाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । टिकट काउण्टरमा रेल बन्द भएको जानकारी प्राप्त यात्रुले गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…