विपीको ३६ औँ स्मृति दिवसमा नेविसँघको ३ दिने कार्यक्रम सार्वजनिक
न्यूज ब्यूरो | जनकपुरधाम, ३ साउन । नेपाली काँग्रेस निकट भातृ सँगठन नेपाल विद्यार्थी सँघ धनुषाले स्वर्गीय नेता विपी कोईरालाको स्मृति दिवसमा विभिन्न कार्यक्रमहरु गर्ने भएको छ । विहिबार नेविसंघ धनुषाको अध्यक्ष सुजित मिश्रको अध्यक्षतामा बसेको बैठकले विपीको ३६ औँ स्मृति दिवसको अवसरमा तीन दिवसीय कार्यक्रम

२०७५ साउन ३ बिहीबार, राति ९:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ३ साउन । नेपाली काँग्रेस निकट भातृ सँगठन नेपाल विद्यार्थी सँघ धनुषाले स्वर्गीय नेता विपी कोईरालाको स्मृति दिवसमा विभिन्न कार्यक्रमहरु गर्ने भएको छ ।
विहिबार नेविसंघ धनुषाको अध्यक्ष सुजित मिश्रको अध्यक्षतामा बसेको बैठकले विपीको ३६ औँ स्मृति दिवसको अवसरमा तीन दिवसीय कार्यक्रमको आयोजना गर्ने जनाइएको छ ।
साउन ५ गते रक्तदान कार्यक्रम गर्ने निर्णय गरिएको हो । रक्तदान जीवनदान नारा सहित रक्त सहयोगको भावनाले जनकपुरधाम उपमहानगरपालिकाको नगर कमिटिको आयोजनमा साउन ५ गते रक्तदान कार्यक्रम जनकपुरमा गर्ने निर्णय गरिएको हो ।
साउन ६ गते आईतबारका दिन अपरान्ह ४ बजे अनाथ आश्रम जनकपुरमा फलफूल तथा स्टेशनरी वितरण गर्ने कार्यक्रम रहेको छ भने तेस्रो दिन साउन ७ गते सोमबारका दिन जनकपुरका राराब क्याम्पसमा विहान ८ बजे वृक्षारोपण कार्यक्रम गर्ने निर्णय गरिएको नगर कमिटि उपाध्यक्ष रवि शर्माले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…