जनकपुरः Gen-Z को आन्दोलनमा विभिन्न पार्टीका कार्यकर्ताहरुको भाषण, यश लिने होडबाजी
रवि लामिछाने सहकारी रकम अनियमितता काण्डमा हिरासतमा छन् । माधव नेपाल पतञ्जलीको जग्गा प्रकरणमा अख्तियारमा मुद्दा खेपिरहेका छन् भने तत्कालिन जसपाको सरकार (मधेश प्रदेश) मा साईकल खरिदमा भ्रष्टाचार लगायत कैयौँ मुद्दामा अनुसन्धान जारी रहेको छ ।

२०८२ भदौ २३ सोमबार, बेलुकी ७:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज देशैभरि प्रदर्शन गरेको जेन–जी पुस्ताका आन्दोलनको क्रममा जनकपुरमा विभिन्न राजनीतिक पार्टीका कार्यकर्ताहरु यश लिने होडबाजी गरे ।
जनकपुरमा आज सोमबार साँझ जेन–जी पुस्ताले गरेको प्रदर्शनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टीका कार्यकर्ताहरु समेत सहभागीता जनाएपछि कतिले घुसपैठको टिप्पणी गरेको हो ।
विशुद्ध गैर राजनीतिक आन्दोलन घोषणा गरिएको जेनजी पुस्ताको स्वतन्त्र आन्दोलनमा राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुले भाषणबाजी गरी यश लिन खोजेका हुन् ।
वर्तमान सरकारको प्रवृति, भ्रष्टाचारको विरुद्ध तथा समाजिक सँजाल बैनविरुद्ध गरिएको प्रदर्शनमा राजधानी काठमान्डौँमा १९ जनाको ज्यान गएको छ । इटहरीमा समेत दुई जनाको ज्यान गएको छ ।
जनकपुरमा साँझ गरिएको जेनजीको प्रदर्शनमा जनता समाजवादी पार्टी निकट विद्यार्थी नेता बलराम कापडी, एककिृत समाजवादीका नगराइन नगरपालिका अध्यक्ष आदर्श मण्डल र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा जिल्ला अध्यक्ष अम्भु साहले यश लिन खोजेको आरोप छ ।
जेनजी पुस्ताको आन्दोलनमा उनीहरु आमन्त्रण नगरिएपनि उनीहरुले राजनीतिक तौरमा भाषण दिदै वर्तमान सरकारको विरुद्ध आवाज उठाए । गैर राजनीतिक आन्दोलनमा उनीहरुको उपस्थितिले घुसपैठको संज्ञा दिइएको छ ।
रवि लामिछाने सहकारी रकम अनियमितता काण्डमा हिरासतमा छन् । माधव नेपाल पतञ्जलीको जग्गा प्रकरणमा अख्तियारमा मुद्दा खेपिरहेका छन् भने तत्कालिन जसपाको सरकार (मधेश प्रदेश) मा साईकल खरिदमा भ्रष्टाचार लगायत कैयौँ मुद्दामा अनुसन्धान जारी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…