
न्यूज ब्यूरो, भारत । आउँदै गरेको हिन्दु देवी देवताको पूजाआजामा शान्ती भँग गर्ने जो कोहीलाई गोली मार्न आदेश भारतका एक मुख्यमन्त्रीले दिएका छन् ।
छिमेकी मुलुका भारत असमका मुख्यमन्त्री हिमन्त बिस्व सरमाले धुब्री जिल्लामा १३ जुनदेखि लागू भएको ‘राति देख्नेबित्तिकै गोली’ आदेश दुर्गापूजासम्म निरन्तर रहने बताएका छन्।
असमको कोकराझारमा आयोजित एक कार्यक्रममा उनले सनातन धर्मावलम्बीहरू धुब्रीमा अल्पसंख्यक भएको भन्दै उनीहरूको सुरक्षालाई सरकारले सबैभन्दा ठूलो प्राथमिकतामा राखेको प्रष्ट पारे।
‘देख्नेबित्तिकै गोली मार्ने आदेश फिर्ता गरिएको छैन। दुर्गा पूजासम्म निरन्तर जारी रहनेछ,’ मुख्यमन्त्री सरमाले भने, ‘हाल कुनै ठूलो अशान्ति छैन तर सम्भावित उत्तेजना रोक्न यो आदेश आवश्यक छ। शान्ति भंग गर्ने प्रयास गर्नेले गम्भीर परिणाम भोग्नेछन्।’
यो आदेश १३ जुनमा धुब्रीमा भएको जातीय–साम्प्रदायिक तनावपछि लागू गरिएको हो। बकरीदको भोलिपल्ट हनुमान मन्दिरअगाडि गाईको खप्पर भेटिएको र अर्को दिन गाईको टाउको राखिएको घटनाले हिन्दू–मुस्लिम समुदायबीच तनाव बढेको थियो। त्यसैबीच रातको समयमा ढुंगामुढा र उत्तेजनात्मक गतिविधि भएपछि मुख्यमन्त्रीले धुब्रीमै पुगेर रातिको समयमा ‘देख्नेबित्तिकै गोली’ आदेश जारी गरेका थिए।
सरमाले त्यसपछिका १० दिनमै १५० भन्दा बढी असामाजिक तत्व पक्राउ गरिएको र तीमध्ये ११ जना बाहिरी राज्यका आपराधिक पृष्ठभूमिका व्यक्ति रहेको जानकारी दिएका थिए।
बांग्लादेशसँग सीमा जोडिएको धुब्री जिल्लामा विगतदेखि नै धार्मिक संवेदनशीलता बलियो छ। हिन्दू र मुस्लिम समुदायबीचको सन्तुलन, सीमापारको आवतजावत र अवैध गतिविधिले स्थानीय तनावलाई प्रायः चर्काउने गरेको सुरक्षा निकायको भनाइ छ।
मुख्यमन्त्री सरमाले हालैको भाषणमा ‘असममा स्वतन्त्रतादेखि नै ठूलो षड्यन्त्र चल्दै आएको’ आरोप लगाउँदै बाह्य शक्तिले राज्यलाई अस्थिर बनाउन खोजिरहेको दाबीसमेत गरेका छन्। उनका अनुसार, धुब्रीको जस्तो नाजुक क्षेत्रलाई नियन्त्रण गर्न कडा कदमबाहेक विकल्प छैन।
सरकारको यो कदमप्रति विपक्षी दल कांग्रेस र अल अल इन्डिया युनाइटेड डेमोक्रेटिक फ्रन्टले कडा आपत्ति जनाएका छन्। उनीहरूले ‘देख्नेबित्तिकै गोली’ आदेशलाई कठोर र असमानुपातिक भन्दै धार्मिक अल्पसंख्यकविरुद्ध प्रयोग हुने डर व्यक्त गरेका छन्।
मानवअधिकार समूहहरूले पनि यस्तो आदेशले प्रहरी र सुरक्षाकर्मीलाई अत्यधिक अधिकार दिने र त्यसको दुरुपयोग हुने जोखिम बढाउने चेतावनी दिएका छन्। उनीहरूको तर्क छ– राज्यले कानून–व्यवस्था कायम गर्न संवैधानिक तथा न्यायिक प्रक्रियालाई प्राथमिकता दिनुपर्छ, गोलीमार्ने आदेश अन्तिम विकल्प मात्र हुन सक्छ।
तर, मुख्यमन्त्री सरमा भने आफ्ना आलोचकहरूसँग असहमत छन्। उनले असमलाई अस्थिर बनाउन खोज्ने ‘कट्टरपन्थी शक्तिहरू’लाई नियन्त्रण गर्न कठोर कदम आवश्यक रहेको बताए। ‘धुब्रीमा शान्ति कायम गर्न कडाइ नै एक मात्र उपाय हो,’ उनले भने, ‘सरकार कानुनी र सुरक्षात्मक दुवै दृष्टिले पूर्ण तयार छ।’
असममा दुर्गा पूजा सेप्टेम्बर २८ देखि अक्टोबर २ सम्म हुँदैछ। यस अवधिमा ठूलो भीडभाड हुने भएकाले संवेदनशील क्षेत्र धुब्रीमा रातिको समयमा यो आदेश विशेष निगरानीसहित जारी राखिने बताइएको छ।
राज्य सरकारले अहिले नै अतिरिक्त अर्धसैनिक बल (RAF र CRPF) परिचालन गरिसकेको छ भने दंगाविरुद्ध कडा निगरानीका लागि गैरजमानती वारेन्टसमेत जारी गरिएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८२ भदौ १२ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्