Close This

निर्वाचित वडाध्यक्ष नै विदेश पलायन !

२०८२ भदौ १२ बिहीबार
बिहान १०:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, गोरखा । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामा रोजगारीका लागि जर्मनी पुगेका छन्। उनले सामाजिक सञ्जालमार्फत राजनीति छाडेको घोषणा गर्दै अब जीवनलाई फेरि शून्यबाट सुरु गर्ने बताएका छन्।

 ‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमान्दारिताका साथ मेरो क्षमताले भ्याएसम्मको भूमिका र कार्य सम्पादन गरियो। तर, जति गर्दा पनि जस नपाउने कामले 
आफूलाई कहिल्यै आत्मसन्तुष्टि दिन सकेन,’ लामाले लेखेका छन्। ‘त्यसैले अबदेखि यो राजनीतिबाट सदाका लागि बिदा भएको घोषणा गर्दै जिन्दगीलाई पुनः शून्य अर्थात जिरोबाट सुरु गर्न परदेश लागियो।’

लामा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनले वडामा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहक तोकेर विदेश प्रस्थान गरेको परिवार स्रोतले जनाएको छ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार वडाध्यक्ष लामाले लिखित राजीनामा भने पेश गरेका छैनन्। ‘उहाँले कार्यवाहक तोकेर जानुभएको रहेछ,’ उनले भने, ‘तर नफर्किने रे भन्ने जानकारी आएको छ। त्यसो भए राजीनामा पत्र पनि पछि आउला।’

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

बलिवुड अभिनेता 'शक्ति कपूरको मृत्यू' को झूठा अफवाह समाजिक सँजालमा भाईरल, के भने शक्ति कपूर ?

  • २०८२ भदौ १२ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । बलिउड अभिनेता शक्ति कपुरको मृत्यु भएको भन्ने अफवाह सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ । फेसबुक, एक्स (ट्विटर), युट्युब र विभिन्न अनलाइन प्लेटफर्ममा “शक्ति कपुरको निधन”,

पूरा पढ्नुहोस्

Bureau Menus