वीरगञ्जमा हैजा संक्रमण तीव्र, एकैदिन १०६ थप, महानगरले सुरु गर्यो घरदैलो अभियान
हाल नारायणी अस्पतालमा १५८, वीरगञ्ज हेल्थ केयर अस्पतालमा २४, तराई हस्पिटलमा ४२, नेसनल मेडिकल कलेजमा १९, प्रभु अस्पतालमा ७, सर्वोत्तममा ६ जना उपचाररत छन्। त्यस्तै एडभान्स, नारायणी सेन्ट्रल र नीलकण्ठ अस्पतालमा ४र४ जना, भवानी अस्पतालमा २ र नेपाल मेडिसिटी बयोधामा १ जनाको उपचार भइरहेको समितिले जनाएको छ।

२०८२ भदौ १२ बिहीबार, बिहान १०:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जमा हैजा संक्रमण झन् तीव्र बनेको छ। बुधबार मात्र विभिन्न अस्पतालमा १०६ जना नयाँ संक्रमित भर्ना भएका छन्।
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार हालसम्म वीरगञ्जमा दर्ता भएका संक्रमितको संख्या ५२८ पुगेको छ। तीमध्ये २५७ जना उपचारपछि घर फर्किएका छन् भने २७१ जना अझै उपचाररत छन्।
उपचाररतहरूमध्ये ३५ जना आइसियु, ४ जना एचडियु र २३२ जना जनरल वार्डमा भर्ना छन्।
हाल नारायणी अस्पतालमा १५८, वीरगञ्ज हेल्थ केयर अस्पतालमा २४, तराई हस्पिटलमा ४२, नेसनल मेडिकल कलेजमा १९, प्रभु अस्पतालमा ७, सर्वोत्तममा ६ जना उपचाररत छन्। त्यस्तै एडभान्स, नारायणी सेन्ट्रल र नीलकण्ठ अस्पतालमा ४र४ जना, भवानी अस्पतालमा २ र नेपाल मेडिसिटी बयोधामा १ जनाको उपचार भइरहेको समितिले जनाएको छ।
यसबीच वीरगञ्ज महानगरपालिकाले जनचेतनामूलक घरदैलो अभियान सञ्चालन गरेको छ। महानगरले फैलँदै गएको हैजा, झाडापखाला र आउँ जस्ता संक्रामक रोगबारे नागरिकलाई सचेत बनाउन घरदैलोमार्फत जानकारी दिइरहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…