महेन्द्रनगरका ईन्सपेक्टर कुशवाहाको नेतृत्वमा ४०० लिटर मदिरा नष्ट
विनय कुमार यादव | जनकपुरधाम, २ साउन । धनुषा प्रहरीले बुधबार प्रहरीले ४०० लिटर अबैद्य मदिरा नष्ट गरेका छन् । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाको विभिन्न समयमा विभिन्न वडाहरुबाट बरामद गरेको अबैद्य मदिराहरु बुधबार नष्ट पारिएको हो । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक अरुण कुशवाहाको नेतृत

२०७५ साउन २ बुधबार, राति ९:३० बजे१ मिनेट पढाइ

विनय कुमार यादव |
जनकपुरधाम, २ साउन । धनुषा प्रहरीले बुधबार प्रहरीले ४०० लिटर अबैद्य मदिरा नष्ट गरेका छन् ।
जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाको विभिन्न समयमा विभिन्न वडाहरुबाट बरामद गरेको अबैद्य मदिराहरु बुधबार नष्ट पारिएको हो ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक अरुण कुशवाहाको नेतृत्वमा खटि गएको प्रहरी टोलीले नगरपालिकाको दिगम्बरपुर, सितानगर , शान्तिपुर लगायतका विभिन्न ठाउँमा चेकजाँच गर्दा उक्त परिमाणको कच्चा पदार्थ सहित तयारी मदिरा बरामद गरिएको थियो ।
बरामद गरिएको उक्त परिमाणको अबैद्य मदिरा तथा कच्चा पदार्थ स्थानीय युवा, बुभिजीवी, पत्रकारको रोहबरमा नष्ट गरिएको हो ।
घरेलु मदिरा सेवनले पूर्वी धनुषाको कमला नगरपालिकाको एकै टोलका ५ जनाको मृत्यू भएको तथा घरेलु मदिरा सेवनकै कारण अन्य ठाउँमा समेत कैयौँ जनाको ज्यान गएपछि प्रदेश सरकार एक्सनमा आएका हुन् ।
प्रदेश सरकारले अबैद्य घरेलु मदिरा उत्पादन, विक्री वितरणमा समेत रोक लगाउने निर्देशन दिएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…