भूमि विधेयक पास भए मधेशलाई परमानेन्ट मरुभूमिकरण गर्नेछः हृदयेश त्रिपाठी
मधेशको भूमि संकट लामो समयदेखि एउटा गम्भीर मुद्दा बनेको छ। यस विधेयकको पारिती पश्चात् भूमि र कृषियोग्य क्षेत्रमा पर्ने प्रभावको बारेमाम विश्लेषक र विज्ञहरुले चिन्ता प्रकट गर्दै आइरहेका छन्। विशेषतस् मधेशको खुला क्षेत्रहरूलाई अव्यवस्थित बसोबासको नाम गैर मधेसीहरुलाई बाडिन सक्ने भने संका जाहेर गरे ।

२०८२ भदौ ९ सोमबार, बेलुकी ७:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भुमी विधेयकको पारितीले मधेशलाई स्थायी मरुभूमिकरणमा परिणत गर्ने दाबी गरेका छन्। उनले भूमि विधेयकको प्रभाव र यसको मद्दतले मधेशको भूमि संकटलाई अझै गम्भीर बनाउने चेतावनी दिएका छन्।
काठमान्डौँमा एक पुस्ताकालयको आयोजनामा आयोजित “भुमी विधेयकः ऐतिहासिक झेलहरूको पुनरावृत्ति” विषयक एक कार्यक्रमको अवसरमा बोल्दै त्रिपाठीले यो विधेयक मधेशका स्थानीय जनताको अधिकारलाई थिच्ने, शोषण गर्ने र उनीहरूको भूमि विशेषाधिकारलाई कम गर्ने योजना भएको बताए। उनले विधेयकको बहस र यसका दुष्प्रभावहरूलाई सामूहिक रूपमा जनचेतना फैलाउन महत्वपूर्ण कदम मान्दै मधेशको स्वायत्तता र भूमि अधिकारको संरक्षणमा खड़ा हुने चुनौतीहरूको बारेमा स्पष्ट राय राखे।
मधेशको भूमि संकट लामो समयदेखि एउटा गम्भीर मुद्दा बनेको छ। यस विधेयकको पारिती पश्चात् भूमि र कृषियोग्य क्षेत्रमा पर्ने प्रभावको बारेमाम विश्लेषक र विज्ञहरुले चिन्ता प्रकट गर्दै आइरहेका छन्। विशेषतस् मधेशको खुला क्षेत्रहरूलाई अव्यवस्थित बसोबासको नाम गैर मधेसीहरुलाई बाडिन सक्ने भने संका जाहेर गरे ।
चुरे क्षेत्रमा एक लाख सैतालिस हजार मानिस अव्यवस्थित वसोवासीको रूपमा बसिरहेको छ र यदि यो भुमि विधेयक पास भए ती सबैले जमिनको लालपुर्जा पाउने छ्न र यस्ले भ्यान्कर चुरे विना गरि पानीको पुनरभरण रोकि मधेशलाई मरुभूमिकरण गर्नेछ ,उनले भने ।
कार्यक्रममा उपस्तिथित मध्ये मधेशका नागरिक समाजका अगुवा राकेश मिश्र र नेतृ सरिता गरिले पनि भुमी विधेयकसँग सम्बन्धित ऐतिहासिक झेलहरूको बारेमा प्रकाश पारेका थिए र यसका नकरात्मक प्रभावहरूको समीक्षा गरेका थिए भने भने कार्यक्रमका संचालन लाइब्रेरीका संयोजक अन्सुकुमारले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…