जलेश्वर जेलमा एक कैदीको मृत्यू
शनिबार राति अचानक बेहोस भएका साहलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पु¥याइएको जनाउँदै कारागार प्रमुख क्षेत्रीले उपचारकै क्रममा उनको मृत्यु भएको बताए । उनको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।

२०८२ भदौ २ सोमबार, बिहान १०:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको जलेश्वर कारागारमा पुर्पक्षमा रहेका एक कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौशाला नगरपालिका–५ का हाल बर्दिबास नगरपालिका–१४ शुभम बस्ती टोलमा डेरा गरी बस्ने वर्ष ६० को राजकिशोर साह रहेको जिल्ला कारागार महोत्तरीका प्रमुख अशोककुमार क्षेत्रीले जानकारी दिए ।
शनिबार राति अचानक बेहोस भएका साहलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पु¥याइएको जनाउँदै कारागार प्रमुख क्षेत्रीले उपचारकै क्रममा उनको मृत्यु भएको बताए । उनको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…