जनकपुरः हिन्दुहरुलाई लक्षित गरी टिकटोकमा भिडियो बनाउने 'गुण्डा' नामक इरसाद खान पक्राउ
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ बस्ने समिम खानका २३ बर्षिय छोरा इरसाद खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए । उनका अनुसार, उनलाई विहिबार नै पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको हो ।

२०८२ साउन ३० शुक्रबार, बिहान ८:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ३० साउन । टिकटोक प्लेटफर्ममा हिन्दु धर्मावलम्बीहरुलाई लक्षित गरी भिडियो बनाउने जनकपुरका “गुण्डा” आईडी चलाउने इरसाद खान पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले खानलाई विहिबार पक्राउ गरेको हो । उनको टिकटोक आईडीमा हिन्दु धर्म विरोधी गतिविधि, छाडा बोल्ने, होच्याउने खालका भिडियोहरु बनाएको पाएपछि धनुषा प्रहरीले एक्सन लिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ बस्ने समिम खानका २३ बर्षिय छोरा इरसाद खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए । उनका अनुसार, उनलाई विहिबार नै पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको हो ।
विदेशमा हुँदा समेत हिन्दु धर्मावलम्बीहरुलाई टारगेट गरी भिडियो बनाउने, गैर समाजिक वक्तत्व दिने, छाडा गतिविधि गर्ने कार्यमा संलग्न रहेका उनलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
जनकपुर जस्तो ठाउँमा धार्मिक द्धेष फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयको थुनामा राखेर अनुसन्धान सुरु गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…