युवाहरुको पहलपछि केएमसि अस्पतालले दियो मृतक मोहन मुखियाको शव
अस्पतालले शव नदिएपछि युवकहरुले आर्थिक सहयोगको अपिल गरेपछि सहयोग जुटेको थियो । पहलकदमीपछि अस्पतालले डेढ लाख रुपैयाँ छुट गरेपछि वातावरण मिलेको थियो । सहयोगीहरुले सहयोग गरेपछि मुखियाको शव उनको गृह नगर लहान पुरयाएको हो ।

२०८२ साउन २२ बिहीबार, बिहान ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, २२ साउन । सिरहाको लहान नगरपालिका वडा नम्बर २३ निवासी हरी मोहन मुखियाको शव काठमान्डौँको केएमसी हस्पिटलले युवाहरुको पहलपछि दिएको छ ।
करिब दुई महिनादेखि काठमाडौँस्थित केएमसी अस्पतालमा उपचाररत रहेका मोहन मुखियाको मृत्यू पश्चात अस्पतालले सबै रकम बुझाउन भन्दै शव रोकेका थिए । गम्भीर स्वास्थ्य समस्याका कारण भर्ना भएका मुखियाको उपचारका क्रममा केही दिनअघि मृत्यू भयो ।
परिवारले सक्दो प्रयास गर्दै अस्पतालमा हालसम्म ११ लाख रुपैयाँभन्दा बढी रकम बुझाइसकेको तथा अस्पतालले बाँकी करिब १ लाख ५० हजारदेखि २ लाख रुपैयाँ तिर्नुपर्ने भन्दै मृत शरीर (शव) नदिएको अवस्था सिर्जना भएपछि मधेशका युवाहरुले पहल थालेका थिए ।
“यो पीडादायी घडीमा, परिवारजना आर्थिक अभावको कारण आफ्ना प्रियजनको शव समेत नपाई अत्यन्तै मार्मिक र हृदयविदारक स्थितिमा छन्। मृतकका परिवारजन रोएर गुहार मागिरहेका छन्— ूहामीले जे सक्यौं गर्यौं, अब शव त दिनुहोस”– पहलकर्ता युवक शिव यादवले भने ।
उनले यस घटनाले मानवीयता, संवेदना र अस्पतालको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाएको बताए । के पैसाले मात्रै मानिसको शरीरको पनि मूल्य तोकिने हो ? के अस्पतालजस्तो संवेदनशील संस्थामा मानवीयता भन्दा व्यापार प्रमुख हुन थालेको हो ? प्रश्न गरे ।
अस्पतालले शव नदिएपछि युवकहरुले आर्थिक सहयोगको अपिल गरेपछि सहयोग जुटेको थियो । पहलकदमीपछि अस्पतालले डेढ लाख रुपैयाँ छुट गरेपछि वातावरण मिलेको थियो । सहयोगीहरुले सहयोग गरेपछि मुखियाको शव उनको गृह नगर लहान पुरयाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…