भारतको बिहारमा नेपाली महिलासँग बलात्कार, आरोपिलाई खोज्दै प्रहरी
पटना प्रहरीले पीडित महिलालाई सुरक्षा दिइएको जानकारी दिँदै कानुनी सहायता पनि उपलब्ध गराइएको बताएको छ। घटनालाई गम्भीरताका साथ लिइएको प्रहरीले जनाएको छ। पीडितको विस्तृत बयान लिइसकिएको र अन्य आवश्यक विवरण पनि संकलन भइरहेको जनाइएको छ।

२०८२ साउन २१ बुधबार, बेलुकी ७:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, २१ साउन । छिमेकी मुलुक भारतको बिहार राज्यस्थित पटना शहरमा एक नेपाली महिलामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ।
पारिवारिक पीडाबाट गुज्रँदै भारतको सिलीगुडीबाट पटना पुगेकी ती महिला झन् भयावह घटनाको शिकार बनेकी छिन्।
पीडित महिलाका अनुसार, उनी पारिवारिक तनावका कारण सिलीगुडीबाट एक्लै पटना पुगिन्। पटना जंक्शन रेलवे स्टेशन परिसरमा एक अपरिचित पुरुषसँग भेट भएको थियो। ती पुरुषले सुरुमा सहयोग गर्ने आश्वासन दिए पनि पछि उनलाई आफ्नो साथमा लगेर बलात्कार गरेको पीडितको भनाइ छ।
घटनापछि महिला आफैंले प्रहरी समक्ष पुगेर उजुरी दिएकी थिइन्। उजुरीको आधारमा प्रहरीले बलात्कारको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। पीडितको चिकित्सकीय परीक्षण भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, परीक्षणबाट आवश्यक प्रमाण संकलन गरिनेछ।
अहिलेसम्म घटनामा संलग्न भएको आशंकामा कसैलाई पक्राउ गरिएको छैन। तर, प्रहरीले आरोपीको पहिचान खुलाउने र चाँडै पक्राउ गर्ने दाबी गरेको छ।
पटना प्रहरीले पीडित महिलालाई सुरक्षा दिइएको जानकारी दिँदै कानुनी सहायता पनि उपलब्ध गराइएको बताएको छ। घटनालाई गम्भीरताका साथ लिइएको प्रहरीले जनाएको छ। पीडितको विस्तृत बयान लिइसकिएको र अन्य आवश्यक विवरण पनि संकलन भइरहेको जनाइएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…