घुस काण्डमा निलम्बन भएका कल्याणपुरका मेयर साहका छोराले उपमेयरलाई भने 'नागिन'
साहले कार्यवाहक मेयर यादवलाई “नागिन” को सँज्ञा दिँदै टिप्पणी गरेका छन् । १ लाख घुस लिएर पदबाट निलम्बित भएपछि बौखलाएका मेयरका छोराले उपमेयरलाई समाजिक सँजालमा नागपँचमीको अवसरमा लेखेको स्टेटसमा नागिनको सँज्ञा दिएका हुन् ।

२०८२ साउन १४ बुधबार, बिहान ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १४ साउन । गत असार ३२ मा १ लाख घुसहित रँगेहात पक्राउ परेका कल्याणपुर नगरपालिका, सिरहाका निलम्बित मेयर रामपुकार साहका छोराले जननिर्वाचित उपमेयरप्रति अभद्र टिप्पणी गरेका छन् ।
घुससहित रँगेहात पक्राउ परेपछि पदबाट निलम्बनमा परेका रामपुकारका छोरा ब्रम्हदेव साहले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेपछि उपमेयर रेखा कुमारी यादवप्रति अभद्र टिप्पणी गरेका छन् ।
साहले कार्यवाहक मेयर यादवलाई “नागिन” को सँज्ञा दिँदै टिप्पणी गरेका छन् । १ लाख घुस लिएर पदबाट निलम्बित भएपछि बौखलाएका मेयरका छोराले उपमेयरलाई समाजिक सँजालमा नागपँचमीको अवसरमा लेखेको स्टेटसमा नागिनको सँज्ञा दिएका हुन् ।
सेवाग्राहीसँग घुस लिएपछि अख्तियारको टोलीले उनलाई रँगेहात पक्राउ गरेको थियो । उनका छोराले कार्यवाहक मेयरप्रति दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…