ढल्केवर ग्रीडबाट प्रसारण हुने लाईनमा भोलीदेखि ४ घण्टा लोडसेडिँग हुने तालिका
ढल्केवर शाखाबाट प्रसारणमा रहेको १३२ केभिएको लाईनमा चन्द्रनिगाहपुरतर्फ आईसोलेटर जडान कार्य गर्नुपर्ने भएकोले ५ दिनसम्म दैनिक ४ घण्टा लोडसेडिँग हुने जनाएको छ । १७ गतेदेखि पुनः पूर्वतः लाईन सुचारु रहने जनाइएको छ ।

२०८२ साउन ११ आइतबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ११ साउन । देशको ठुलो विद्युतिय ग्रीड लाईन ढल्केवर प्रसारण शाखाबाट प्रसारणमा हुने पश्चिमी फिडरको लाईनमा कटौति गरिने भएको छ ।
नेपाल विद्युत प्राधिकरणको ढल्केवर ग्रीड महाशाखाले एक सूचना जारी गर्दै ग्रीडबाट प्रसारणमा रहेको रौतहटको चन्द्रनिगाहपुर, मौलापूर वितरण केन्द्र र गौर वितरण केन्द्रबाट हुने प्रसारणमा भोली सोमबारदेखि आगामी १७ गतेसम्म बिहान ५ बजेदेखि ९ बजेसम्म लोडसेडिँगको हुने जनाएको छ ।
ढल्केवर शाखाबाट प्रसारणमा रहेको १३२ केभिएको लाईनमा चन्द्रनिगाहपुरतर्फ आईसोलेटर जडान कार्य गर्नुपर्ने भएकोले ५ दिनसम्म दैनिक ४ घण्टा लोडसेडिँग हुने जनाएको छ । १७ गतेदेखि पुनः पूर्वतः लाईन सुचारु रहने जनाइएको छ ।
महाशाखाका अनुसार, सो आईसोलेटर जडानको लागि ३३ के.भि. बस तथा फिडरको सटडाउन आवश्यक रहेको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…