मधेश सरकारको आर्थिक बर्ष २०८२/०८३ को बजेट सर्वसहमतिले पारित
मधेस प्रदेश सभामा १० दल रहेकोमा जनमत पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सम्मिलित रहेको छ । बाँकी रहेका ६ दलहरू जनता समाजवादी पार्टी, नेपाल, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी नेपाल प्रतिपक्षमा रहेका छन् ।

२०८२ असार ३० सोमबार, राति ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पेश गरेको बजेट सर्व सहमतिले पारित गरेको छ ।
मधेश प्रदेश सभाको बैठकलाई प्रतिपक्षी दलको बहिष्कारका बीचमा प्रदेश सभाको बैठकले विनियोजन विधेयक २०८२ सर्व सहमतिले पारित गरेको हो । अर्थमन्त्री सुनिलकुमार यादवले विनियोजन विधेयक, २०८२ पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाको बैठकमा पेश गरेपछि ध्वनि मतको आधारमा सर्व सम्मतिले पारित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।
मधेस प्रदेश सभामा १० दल रहेकोमा जनमत पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सम्मिलित रहेको छ । बाँकी रहेका ६ दलहरू जनता समाजवादी पार्टी, नेपाल, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी नेपाल प्रतिपक्षमा रहेका छन् ।
अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते प्रदेश सभाको बैठकमा पेश गर्नुभएको ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार बराबरको आय व्यय सहितको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए ।
यस अघि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित विभिन्न मन्त्रालयका विषयमा उठेका जिज्ञासाका विषयमा मुख्यमन्त्री सतिश कुमार सिंह सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिएपछि बजेट निर्णयार्थ पेश गरेपछि विनियोजन विधेयक सर्व सहमतिले पारित भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…