बँगलादेशमा हिन्दू कबाड व्यापारीको कुटपिट गरेर हत्या, मृतकको शरिरमाथि नृत्य !

२०८२ असार ३० सोमबार
बिहान ०८:३७ बजे
एएफपी

ढाका, बंगलादेश | ढाकास्थित पुरानो क्षेत्र मिटफोर्ड अस्पतालअगाडि एक हिन्दू कबाड व्यापारी लाल चन्द सोहागलाई ढुंगाले कुटेर निर्मम हत्या गरिएपछि देशभरि आक्रोश फैलिएको छ। शनिबार सयौं विद्यार्थी सडकमा ओर्लिएर अन्तरिम सरकारलाई भीड हिंसा नियन्त्रण गर्न असफल भएको आरोप लगाए।

पुलिसका अनुसार घटनासँग सम्बन्धित ५ जनालाई पक्राउ गरिएको छ, जसमध्ये दुई जनासँग अवैध हतियार बरामद गरिएको छ। ढाका विश्वविद्यालयसहित देशका विभिन्न विश्वविद्यालय परिसरमा विद्यार्थीहरूले जुलुस निकाली सोहागको निर्मम हत्याको विरोधमा प्रदर्शन गरे।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा सोहागलाई ढुंगाका टुक्राले बारम्बार हानिएको र मृत्यु पुष्टि भएपछि केही आक्रमणकारीहरू उनको शरीरमाथि नाचिरहेको देखिन्छ। समाचार संस्था प्रोथोम आलोका अनुसार लाल चन्द सोहागकी दिदी मन्जुआरा बेगम (४२) ले ढाका कोतवाली प्रहरी कार्यालयमा हत्या मुद्दा दायर गरेकी छन्। उजुरीमा १९ जना प्रतिवादीको नाम उल्लेख गरिएको छ भने अन्य १५–२० जना अज्ञात व्यक्ति पनि संलग्न रहेको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पूर्वप्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) अन्तर्गतको युवा संगठनका कार्यकर्ताहरूले सोहागको हत्या गरेको आशंका गरिएको छ। सोहाग आफैँ पनि पहिले सोही संगठनमा आवद्ध थिए। पार्टीले घटनामा संलग्न चारजनालाई तत्काल पार्टीबाट निष्कासित गरिसकेको जनाएको छ।

अन्तरिम सरकारका गृहमन्त्रालय सल्लाहकार रिटायर्ड लेफ्टिनेन्ट जनरल जहाङ्गिर आलम चौधरीका अनुसार प्रहरीले पाँच अपराधीलाई पक्राउ गरेको छ र उनीहरूमध्ये दुईजनासँग अवैध हतियार बरामद गरिएको हो।

यसअघि पनि जुलाईको सुरुवातमा मध्य कुमिलाको मुरादनगर क्षेत्रमा एक महिला र उनका छोरा–छोरीलाई लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा भीडले कुटपिट गरी हत्या गरेको थियो।

गत वर्ष अगस्त २०२४ मा प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको १६ वर्षे अवामी लिग सरकार स्टुडेन्ट्स अगेंस्ट डिस्क्रिमिनेशन ९एसएडी० को आन्दोलनबाट पतन भएपछि बंगलादेशमा राजनीतिक अस्थिरता तीव्र बनेको छ। त्यसयता देशभरि भीड हिंसाका घटना तीव्ररूपमा बढिरहेका छन्।

मानवअधिकारकर्मीहरूले सरकारले कानूनी शासन पुनर्स्थापना गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार कानून र सुरक्षाको प्रत्याभूति नहुँदा सर्वसाधारण भीडको कठोर निर्णयको शिकार भइरहेका छन्।

युवाहरू, बौद्धिक वर्ग र नागरिक समाजले घटना र पछिल्ला प्रवृत्तिहरूलाई लोकतान्त्रिक मूल्य र मानव अधिकारमाथिको गम्भीर हमला बताउँदै तत्काल प्रभावकारी सुरक्षा रणनीति ल्याउन सरकारसँग माग गरेका छन्।

भीडद्वारा हत्या जस्ता घटनामा संलग्नहरूमाथि कानूनी कारवाही हुने आश्वासन दिँदै अधिकारीहरूले अनुसन्धान जारी रहेको जनाएका छन्। तर सर्वसाधारणले भने “राजनीतिक संरक्षणमा अपराधीहरू उन्मुक्ति पाइरहेका छन्” भन्ने गुनासो गरिरहेका छन्।

  • 2%
  • 2%
  • 4%
  • 2%
  • 2%
  • 84%

५ बर्षको लभ पछि 'प्रेम विवाह', अहिले दाईजोमा ६० लाख नगदसहित सुन र जमिन माग्दै !

  • २०८२ असार ३० सोमबार

न्यूज ब्यूरो, सिरहा । सिरहामा प्रेम विवाह गरेकी एक युवतिलाई ससुरा पक्षले दाईजोको लागि परेशान गरेपछि मुद्दा दायर भएको छ ।  सिरहाको अर्नमा गाउँपालिका वडा नं. २ ब्रम्हपुरीमा एउटा प्रेम विवाहले

पूरा पढ्नुहोस्

Bureau Menus