न्यूज ब्यूरो, जनकपुरधाम । सामाजिक संजाल TikTok मा अभद्रता बढ्दै जाँदा धनुषामा प्रहरी सक्रिय देखिएको छ। TikTok Live मार्फत सार्वजनिक रुपमा अश्लील शब्द र गाली गलौज गर्ने एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले जनकपुर उप-महानगरपालिका–२४ की करिब २० वर्षीया रोशनी खातुनलाई TikTok Live मा निरन्तर अभद्र भाषा प्रयोग गरेको आरोपमा नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनले Live भिडियोमा प्रयोग गरेको भाषा र व्यवहारले समाजमा नकारात्मक असर पारेको र सार्वजनिक नैतिकता र सामाजिक सद्भावमा खलल पुर्याएको ठहर गरिएको छ।
प्रहरी स्रोतका अनुसार, रोशनी खातुनविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ र जिल्ला अदालतबाट म्याद थप गरी उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ।
प्रहरीले यस्ता सामाजिक संजालमा अश्लीलता र अभद्रता फैलाउने गतिविधिहरूलाई नियन्त्रण गर्न निरन्तर निगरानी भइरहेको जनाएको छ। "कुनै पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले डिजिटल माध्यमलाई गलत उद्देश्यका लागि प्रयोग गरे कानुनी कारवाही अवश्य हुनेछ", प्रहरीले चेतावनी दिएको छ।
यस्ता घटनाले समाजमा गलत सन्देश पुर्याउने भएकाले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न विज्ञहरूले सुझाव दिएका छन्। TikTok जस्ता प्लेटफर्म मनोरञ्जन र जानकारी आदानप्रदानको माध्यम भए तापनि यसको दुरुपयोग बढ्दो देखिँदै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ।
यसअघि समाजिक सँजाल टिकटोकमा धनुषाका न्यूस्टार भन्ने युवकलाई धनुषा प्रहरीले सबक सिकाएका हुन् । उनी अहिले सुध्रेको बताईएको छ । उनीहरुसँगै टिकटकमा भाईरल हुने होडमा गालीगलौजमा उत्रेकी आरती झा नामक युवतिलाई समेत प्रहरीले सुधारको निशानामा राखेको छ ।
जनकपुरमा अन्तरविद्यालय उपमेयर कप महिला कबड्डी प्रतियोगिता सुरु
- २०८२ असार ३० सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा उपमेयरकप अन्तरविद्यालय महिला कबड्डी प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा सुरु भएको पाँचदिवसीय प्रतियोगिताको उद्घाटन उपमहानगरपालिकाका उपप्रमुख
पूरा पढ्नुहोस्



