आफ्नै विद्यार्थीको जन्मदिनमा 'Happy Birthday Meri Janu'  लेखेर SMS पठाउने शिक्षकलाई कुटपिट

२०८२ असार २९ आइतबार
बेलुकी ५:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट ।  रौतहटको एक विद्यालयका शिक्षकले छात्रालाई जिस्काएको भन्दै आफन्तले शिक्षकमाथि कुटपिट गर्नुका साथै विद्यालयमा समेत तोड्फोड गरेका छन् ।

रौतहटको गरुडा नगरपालिका-९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहले छात्रालाई जिस्क्याएको भन्दै छात्राका आफन्तले विद्यालयमा तोडफोड गरेका हुन् ।

शिक्षकले छात्राको जन्म दिनको अवसरमा ‘ह्याप्पी बर्थ डे मेरी जानु’ लेखेर म्यासेज पठाएको भन्दै विद्यार्थी र अभिभावकले शिक्षकमाथि कुटपिट गर्दै तोडफोड गरेका थिए।

घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्को टोली उक्त स्थानम पुगेको थियो । स्थित तनावग्रस्त बनेपछि प्रहरीले एक राउण्ड अश्रुग्याँस हानेको थियो ।

प्रहार गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीका अनुसार शिक्षक साह अहिले प्रहरी नियन्त्रणमा छन् ।

  • 0%
  • 50%
  • 0%
  • 17%
  • 0%
  • 33%

नेता यादवद्धारा उन्नत जातका साँढे (सँरहा) सहयोग

  • २०८२ असार २९ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. १ का पूर्व प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव (हाल नेपाली कम्युनिष्ट पार्टीका नेता) मातृका प्रसाद यादवले मिथिला बिहारी नगरपालिका

पूरा पढ्नुहोस्

Bureau Menus