न्यूज ब्यूरो, जनकपुरधाम । कमला नगरपालिकामा जारी कमला क्रिकेट लिग २०८२ को उद्घाटन दुई खेलमा ५ र ६ नम्बर वडाको टिम विजयी भएका छन् ।
उद्घाटन सुरु खेलमा कमला नपा २ र कमला नपा ६ बीच भएको खेलमा टस जितेर पहिलो ब्याटिँग गरेका वडा नंं २ ले एक अभर बाँकी रहँदै अलआउट भए । उनीहरुले जम्मा ११३ रन बनाएर ११४ रनको लक्ष्य दिएका थिए । जवाफी ब्याटिँग उत्रेका वडा नं. ६ का टिमले १० ओभर सकाउँदै लक्ष्य हाँसिल गरेका थिए ।
सोही क्रममा भएको दोस्रो खेलमा वडा नं. ५ ले विजयी हाँसिल गरे । वडा नं. ३ सँग भएको म्याचमा वडा नं. ५ ले जोडदार प्रदर्शन गर्दै ३ नम्बर वडालाई हराएको हो ।

साउन २ गतेसम्म चल्ने सो लिगको दोस्रो दिन आज वडा नं. १ सँग वडा नं. ७ भिडने भएको छ भने, वडा नं. ४ सँग वडा नं. ८ को टिम भिड्ने आयोजक कमला युवा सँजालका अध्यक्ष विमलेश यादवले जानकारी दिए ।
खेलाडीहरुको लागि खानपिनको उत्तम व्यवस्था, कमेन्ट्री, उत्तम अम्पायरिँगसहित ग्राउण्डमा राम्रो व्यवस्थाको साथ खेल भईरहेको यादवले बताए ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०८२ असार २१ शनिबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्


