कमला क्रिकेट लिगः उद्घाटन खेलमा वडा नं. ५ र ६ का टीम विजयी, आज १–७ र ४–८ भिडदै

२०८२ असार २१ शनिबार
बिहान ०६:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । कमला नगरपालिकामा जारी कमला क्रिकेट लिग २०८२ को उद्घाटन दुई खेलमा ५ र ६ नम्बर वडाको टिम विजयी भएका छन् । 

उद्घाटन सुरु खेलमा कमला नपा २ र कमला नपा ६ बीच भएको खेलमा टस जितेर पहिलो ब्याटिँग गरेका वडा नंं २ ले एक अभर बाँकी रहँदै अलआउट भए । उनीहरुले जम्मा ११३ रन बनाएर ११४ रनको लक्ष्य दिएका थिए । जवाफी ब्याटिँग उत्रेका वडा नं. ६ का टिमले १० ओभर सकाउँदै लक्ष्य हाँसिल गरेका थिए । 

सोही क्रममा भएको दोस्रो खेलमा वडा नं. ५ ले विजयी हाँसिल गरे । वडा नं. ३ सँग भएको म्याचमा वडा नं. ५ ले जोडदार प्रदर्शन गर्दै ३ नम्बर वडालाई हराएको हो । 

साउन २ गतेसम्म चल्ने सो लिगको दोस्रो दिन आज वडा नं. १ सँग वडा नं. ७ भिडने भएको छ  भने, वडा नं. ४ सँग वडा नं. ८ को टिम भिड्ने आयोजक कमला युवा सँजालका अध्यक्ष विमलेश यादवले जानकारी दिए । 

खेलाडीहरुको लागि खानपिनको उत्तम व्यवस्था, कमेन्ट्री, उत्तम अम्पायरिँगसहित ग्राउण्डमा राम्रो व्यवस्थाको साथ खेल भईरहेको यादवले बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८२ असार २१ शनिबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus