प्रदेश नं. २ स्वच्छताको दृष्टिकोणले पोलिथिनमुक्त प्रदेश हुनुपर्छ : साँसद यादव
न्यूज ब्यूरो | जनकपुरधाम, ३१ असार । प्रदेश नं. २ का प्रदेशसभा सदस्य एवम् समाजसेवी राम अशिष यादवले स्वच्छताको दृष्टिकोणले प्रदेश पोलिथिनमुक्त प्रदेश हुनुपर्ने बताएका छन् । शनिबार एक कार्यक्रमबीच धनुषाको बभनगामा विद्यालयका शिक्षकहरुको सम्मान ग्रहण गर्दै साँसद यादवले यस प्रदेशका शिक्षा स्तरमा केन्द्रित

२०७५ असार ३१ आइतबार, बिहान ८:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ३१ असार । प्रदेश नं. २ का प्रदेशसभा सदस्य एवम् समाजसेवी राम अशिष यादवले स्वच्छताको दृष्टिकोणले प्रदेश पोलिथिनमुक्त प्रदेश हुनुपर्ने बताएका छन् ।
शनिबार एक कार्यक्रमबीच धनुषाको बभनगामा विद्यालयका शिक्षकहरुको सम्मान ग्रहण गर्दै साँसद यादवले यस प्रदेशका शिक्षा स्तरमा केन्द्रित रहँदै प्रदेशलाई स्वस्थ्य र स्वच्छताको दृष्टिले पोलिथिन मुक्त प्रदेश हुनु पर्ने बिषमा जोड दिएका थिए ।
कार्यक्रमको दौरान प्रदेश २ का भौतिक पूर्वाधार मंत्रालयका नवनियुक्त सचिव जिवछ मंडललाई समेत बभनगामा स्कूलका शिक्षक परमेश्वर साह लगायत सम्पूर्ण शिक्षक समुहद्वारा सम्मान गरिएको छ ।
सो कार्यक्रममा वनविज्ञ सुरेश शर्मा र प्लास्टिक मुक्त जनकपुरधामका अभियानी कृष्णचन्द्र लगायतको स्थानीय युवा, विद्यार्थी, शिक्षकहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…