लैंगिक समानता तथा महिला हिंसा [ कविता ]
समान भाव लिएर नारी पुरुष जुटौं समानताको हक ल्याउन अब नछुटौं लैङ्िगक समानता सबैको अधिकार हिंसा हैन अब बराबर गरौं सम्मान नारी पुरुष बराबर सडकमा कति रटने शोषण हिंसा बलात्कार अब कहिले हटने नारीलाई सम्मान गरे घर स्वर्ग बन्छ छोरी बुहारी एकै हुन समाजले भन्छ नारीको पहिचान हुन्न लगाउदैमा सारी काँधमा बोकेर हि

२०८२ असार १३ शुक्रबार, बिहान ८:३७ बजे१ मिनेट पढाइ
![लैंगिक समानता तथा महिला हिंसा [ कविता ]](/_next/image?url=https%3A%2F%2Fv1.enewsbureau.com%2Fuploads%2Flegacy%2F19066-137197732rajnadas.jpeg&w=1920&q=75)
समान भाव लिएर नारी पुरुष जुटौं
समानताको हक ल्याउन अब नछुटौं
लैङ्िगक समानता सबैको अधिकार
हिंसा हैन अब बराबर गरौं सम्मान
नारी पुरुष बराबर सडकमा कति रटने
शोषण हिंसा बलात्कार अब कहिले हटने
नारीलाई सम्मान गरे घर स्वर्ग बन्छ
छोरी बुहारी एकै हुन समाजले भन्छ
नारीको पहिचान हुन्न लगाउदैमा सारी
काँधमा बोकेर हिडेका छन् लाखौं जिम्मेवारी
नारीलाई किन हो यति कमजोर ठानेको
देख्दैन्न यो संसार मिठो ममताले बानेको
बाहिर जागिरमा जानु नै हुन्न भन्छन्
धेरैको नारी परिवारमा दासी नै बन्छन्
सचेत नभएर हिंसा बेहोर्नु परेको छ नारीले
घरमै बस्नु पर्ने बाध्यता छ घुम्टो ओडेर सारीले
महिला हिंसा विरुद्ध ज्ञान छरौँ
समान हकको लागि केहि गरौ
महिलाहरु हिंसामा नपर्नु
खराब काम कसैले नगर्नु
नारी उठौ जागौ गाउ बस्तीबाट उठौ
अन्याय र नारी हिंसा अन्त्य गर्न जुटौं
समाजमा नारी हिंसा सधैं हुन्छ बलात्कार
राष्ट्रिय नारी हुँदा रोक्न लागौं लगातार
एकै तराजुमा तौल जोखिएको थियो
महिला भन्दा पुरुषलाई मान दियो
नरनारीले चलाएको यो हाम्रो सार
सबै मिलेर महिला हिंसा गरौ पार !!
राजन दास
शहिदनगर नगरपालिका
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…