Close This

इरानद्वारा कतारको दोहास्थित अमेरिकी एयरबेसमा मिसाइल आक्रमण

२०८२ असार १० मंगलबार
बिहान ०८:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, कतार ।  इरानले कतारको राजधानी दोहामा रहेको अमेरिकी सैन्य एयरबेसमा मिसाइल आक्रमण गरेको पुष्टि भएको छ। 

क्षेत्रीय सुरक्षास्रोतहरूका अनुसार, स्थानीय समय अनुसार आज बिहान ३ः४५ बजे तिर अमेरिकी सेनाको प्रमुख हवाई ठेगाना 'अल उदेद एयर बेस' मा कम्तीमा तीनवटा बलिष्ठ मिसाइल प्रहार गरिएको हो।

यस आक्रमणमा मानवीय क्षति कति भएको भन्ने विषयमा हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन। अमेरिकी रक्षा विभागले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ भने प्रारम्भिक प्रतिक्रिया स्वरूप बेस आसपासको सुरक्षालाई उच्च सतर्कतामा राखिएको छ।

इरानी सञ्चारमाध्यमहरूले यो आक्रमणलाई “क्षेत्रीय हस्तक्षेपविरुद्धको स्वाभाविक प्रतिक्रिया” भन्दै औपचारिक घोषणा गरेका छन्। तर कतार सरकारले भने यस आक्रमणलाई “कतारको सार्वभौमिकतामाथिको आक्रमण” भन्दै कडा शब्दमा निन्दा गरेको छ।

यो घटनाले खाडी क्षेत्रमा पुनः एकपटक तनाव बढाउने सङ्केत देखिएको विश्लेषकहरू बताउँछन्। कतारमा रहेको अमेरिकी बेस मध्यपूर्वमा अमेरिकी सैन्य परिचालनका लागि अत्यन्त रणनीतिक महत्वको ठानिन्छ। अल उदेद एयर बेसमा हजारौं अमेरिकी सैनिकहरू खटिएका छन्।

संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गर्दै वार्ताबाट समाधान खोज्न आह्वान गरेको छ। यता, इजरायल, साउदी अरेबिया लगायतका राष्ट्रहरूले यस घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन्।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

रास्वपालाई अर्को झट्काः बागमति प्रदेशकी सँस्थापक सदस्य उर्मिलाले पनि त्यागिन रास्वपा 

  • २०८२ असार १० मंगलबार

न्यूज ब्यूरो, काठमान्डौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बागमति प्रदेशकी सँस्थापक सदस्य खेम कुमारी भुर्तेल (उर्मिला) ले पदबाट साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्। बुधबार केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै

पूरा पढ्नुहोस्

Bureau Menus