
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआएर थप आक्रमण गर्ने चेतावनी दिनुभएको छ । आज विशेष सम्बोधनमार्फत उहाँले शान्ति कायम गर्न इरानलाई तत्काल वार्तामा आउन आग्रह गर्नुभयो ।
इरानका तीनवटा परमाणु केन्द्रमा अमेरिकाले आक्रमण गरेको छ । अमेरिकी हवाई आक्रमणमा इरानको फोर्दो, नतान्ज र इस्फहान जस्ता प्रमुख परमाणु संरचना लक्षित थियो । इरानका अन्य ठाउँहरू अझै निशानामा रहेको राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । उहाँले इरानले अब शान्तिको मार्ग रोज्नुपर्ने भन्दै, त्यसो नगरे अझै ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिनुभयो ।
पछिल्लो घटनालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा चासो बढेको छ । यस्तै इरानको परमाणु ऊर्जा सङ्गठनले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दासहित विरोध गरेको छ । सङ्गठनले एक विज्ञप्ति निकालेर अमेरिकाको आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भनेको बीबीसीले जनाएको छ । इरानले अन्तर्राष्ट्रिय समुदायलाई यस्ता आक्रमणको भत्र्सना गर्न र इरानको पक्षमा उभिन अपिल गरेको छ ।
मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित
- २०८२ असार ८ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह
पूरा पढ्नुहोस्