कमला ४ का क्रिकेट खेलाडीहरुलाई वडाध्यक्षको जर्सी र खेल समाग्री
वडास्तरबाट १७ जना खेलाडीहरुलाई क्रिकेट खेलको लागि जर्सीसहित खेल समाग्रीहरु प्रदान गरेका छन् । कमला नगरपालिकाको आयोजनामा जारी रहेको प्रथम मेयर कपमा सहभागी गराउन खेलाडीहरुलाई जर्सी दिएको वडाध्यक्ष गोहिबारले बताए ।

२०८२ असार ८ आइतबार, बिहान १०:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नं. ४ का वडाध्यक्ष दिपक गोहिबार (पप्पु) ले वडाका खेलाडीहरुलाई जर्सी दिएका छन् ।
वडास्तरबाट १७ जना खेलाडीहरुलाई क्रिकेट खेलको लागि जर्सीसहित खेल समाग्रीहरु प्रदान गरेका छन् । कमला नगरपालिकाको आयोजनामा जारी रहेको प्रथम मेयर कपमा सहभागी गराउन खेलाडीहरुलाई जर्सी दिएको वडाध्यक्ष गोहिबारले बताए ।
वडा सदस्यहरु हृदय मुखिया, बबिता देवी दास, अमोद मरिक, राम पदारथ सल्हैताको रोहबरमा खेलाडीहरुलाई जर्सी, ब्याट, बल र बिकेट प्रदान गरिएको हो ।
खेलाडीहरुलाई मनोबल बढाउनको लागि उनीहरुलाई खेल समाग्री प्रदान गरिएको वडाध्यक्ष गोहिबारले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…