धनुषामा सम्पन्न एन्फा कप उपर ढल्केवरको कब्जा
विनय कुमार यादव | धनुषा, ३० असार । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा सम्पन्न एन्फा कप फुटबल प्रतियोगिताको उपाधी ढल्केवरले हात पारेको छ । शनिबार सम्पन्न विद्यालय स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत फाईनल खेलमा महेन्द्र मावि ढल्केवर र सार्वजनिक मावि बेँगाडाबरबीच खेल भएको थियो । खेलको अन्ति

२०७५ असार ३० शनिबार, राति १०:१९ बजे१ मिनेट पढाइ

विनय कुमार यादव |
धनुषा, ३० असार । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा सम्पन्न एन्फा कप फुटबल प्रतियोगिताको उपाधी ढल्केवरले हात पारेको छ ।
शनिबार सम्पन्न विद्यालय स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत फाईनल खेलमा महेन्द्र मावि ढल्केवर र सार्वजनिक मावि बेँगाडाबरबीच खेल भएको थियो ।
खेलको अन्तिमसम्म ढल्केवर टिमले ३ गोल गरेका थिए भने बेँगाडाबर मात्र १ गोल गरेपनि ३ १ गोलान्तरले ढल्केवर विजयी हात पारेका छन् ।
अखिल नेपाल फुटबल सँघ धनुषा तथा क्षीरेश्वरनाथ नगरपालिकाको सहयोगमा गत असार १७ गतेदेखि विद्यालय स्तरीय फुटबल प्रतियोगिता सुरु भएको थियो ।
जिल्ला भरिका १५ वटा टिम सहभागी उक्त खेल क्षीरेश्वर विद्यालय प्राँगनमा सम्पन्न भएको हो ।
क्षीरेश्वर स्पोर्ट क्लबका अध्यक्ष केबल मुखिया र नगर प्रमुख योगेन्द्र पँजियारले सँयुक्त रुपमा विजेता टिमलाई कप प्रदान गरेका थिए ।
समापन खेलमा गोरखनाथगणका कर्नेल, सशस्त्र प्रहरी बलका डिएसपी, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक अरुण कुशवाहा, जिल्ला फुटबल सँघ धनुषाका अध्यक्ष सुरेश शर्मा लगायत , वडाध्यक्ष सहित विभिन्न राजनीतिक दलका प्रतिनीधि, स्थानीय युवा तथा खेलाडीहरुको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…