श्रीमानको घाँटी रेती हत्या, श्रीमती प्रहरी नियन्त्रणमा
मृतक रञ्जित रामका मामा दिनेश रामका अनुसार, सविताको मामाघरकै एक युवकसँग सम्बन्ध रहेको आशंका पहिले देखिनै थियो, जसका कारण झगडा भइरहन्थ्यो। मृतकको विवाह तीन वर्षअघि सुपौल जिल्लाको गिरधरपट्टीमा भएको थियो।

२०८२ असार ५ बिहीबार, बिहान ७:४७ बजे१ मिनेट पढाइ

एजेन्सी । बिहारको मधेपुरा जिल्लामा एक दर्दनाक पारिवारिक हत्या भएको छ। मंगलबार राति बुढी गाउँमा २४ वर्षीय रञ्जित रामको घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको छ। घटनापछि मृतककी श्रीमती सविता देवीलाई प्रहरी हिरासतमा लिएर सोधपुछ भइरहेको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, रञ्जित र सविताबीच लामो समयदेखि पारिवारिक विवाद चलिरहेको थियो। मृतककी आमा किरण देवीका अनुसार खाना खाएपछि सुतेका दम्पतीबीच राति झगडा भएको आवाज आएको थियो। राति २ बजेतिर सविता जोर(जोरले रोएको आवाज सुनेर पुगेकी आमाले रञ्जितको शव बरन्डामा झुण्ड्याइएको अवस्थामा देखेकी थिइन्।
शवको घाँटी र मृगौलामा गहिरा धारिलो चोटका चिन्ह थिए। सविताले आफूले लगाएको साडीमै फाँसी लगाएर शव झुण्ड्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। साथै, उनले आफ्नो मोबाइल समेत तोडेकी थिइन्।
मृतक रञ्जित रामका मामा दिनेश रामका अनुसार, सविताको मामाघरकै एक युवकसँग सम्बन्ध रहेको आशंका पहिले देखिनै थियो, जसका कारण झगडा भइरहन्थ्यो। मृतकको विवाह तीन वर्षअघि सुपौल जिल्लाको गिरधरपट्टीमा भएको थियो।
घटनाको अनुसन्धानमा प्रहरीले सिम कार्ड बरामद गरेर प्रमाण सुरक्षित गरेको छ। स्थानीय समुदायमा त्रास फैलिएको छ भने, रञ्जितका बुबा पिन्टु राम अहिले पञ्जाबमा मजदुरी गर्दै आएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…