न्यूज ब्यूरो, २७ जेठ । मधेश प्रदेश सरकारले यस वर्षको कविर जयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।
प्रदेश सरकारले एक सूचना जारी गर्दै जेठ २९ गते (११ जुन २०२५) कविर जयन्तीका अवसरमा सम्पूर्ण प्रदेशभरका सरकारी कार्यालय, शिक्षण संस्था तथा सार्वजनिक निकायहरू बन्द रहने जनाएको हो।
कविर जयन्ती हरेक वर्ष ज्येष्ठ पूर्णिमाका दिन मनाइन्छ। भक्त कवि कबीरको स्मृतिमा मनाइने यस दिनलाई विशेषगरी सामाजिक समरसता, धार्मिक सहिष्णुता, तथा मानवता प्रवर्द्धन गर्ने पर्वका रूपमा लिइन्छ।
सन्त कबीर (सन् १४४०–१५१८) भारतीय उपमहाद्वीपका प्रख्यात भक्त कवि, समाज सुधारक तथा धर्मगुरु थिए। उनको जन्म वाराणसी नजिकैको लहरतारा क्षेत्रमा मुस्लिम बुनकर परिवारमा भएको विश्वास गरिन्छ। जीवनभर हिन्दू र मुस्लिम समुदायबीच मेलमिलापको सन्देश दिएका कबीरले कट्टरता, जातिवाद र कर्मकाण्डको विरोध गर्दै “ईश्वर एक हो” भन्ने विचार फैलाए।
उनका दोहाहरू आज पनि समानता, सादगी र आत्मज्ञानको मार्गप्रति प्रेरणा दिन्छन्।
जस्तै —
'पोथी पढ़ि पढ़ि जग मुआ, पण्डित भया न कोय।
ढाई आखर प्रेम का, पढ़े सो पण्डित होय।'
नेपालको मधेश क्षेत्र विशेषगरी सन्त कबीरका विचारहरूबाट प्रभावित रहँदै आएको छ। यहाँको सामाजिक जीवनमा कविरका शिक्षाहरूले विशेष स्थान पाएका छन्।
मधेश प्रदेश सरकारका गृह तथा कानुन मन्त्रालयका अनुसार सन्त कबीरको सन्देश मधेशी समाजको मूल आधार मानवता, सहिष्णुता र समरसताको भावनासँग मेल खाने भएकाले प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो।
प्रदेश सरकारले यस अवसरमा सबैलाई कविरको शिक्षाबाट प्रेरित भई सामाजिक एकता र धार्मिक सद्भाव प्रवर्द्धन गर्न आग्रह समेत गरेको छ।
रौतहटमा दलित युवकलाई कुटदाकुटदै मारे, चार जनामाथि मुद्दा
- २०८२ जेठ २८ मंगलबार
न्यूज ब्यूरो, रौतहट । रौतहटको कटहरिया नगरपालिका–४ स्थित बहादुरपुरमा मोबाइल चोरी गरेको झुटा आरोपमा निर्ममतापूर्वक कुटिएका एक दलित युवकको उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएपछि कुटपिटमा
पूरा पढ्नुहोस्


