धनुषाधाम संरक्षित वन पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ, पूर्वाधार विकास गर्छौः मन्त्री यादव
सो अवसरमा प्रदेश वन निर्देशक जगन्नाथ प्रसाद जयसवाल, धनुषाका डिभिजनल वन अधिकृत विनोद सिंह, धनुषाधाम वन संरक्षण परिषद्का पदाधिकारी, सब–डिभिजन वन कार्यालय प्रमुख शंकरनारायण झा, अन्य वन अधिकृत तथा स्थानीय वनकर्मीहरूको उपस्थिति रहेको थियो।

२०८२ जेठ २५ आइतबार, दिउँसो १२:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका वन तथा वातावरण मन्त्री सँजय यादवले धनुषाधाम वनमा पूर्वाधार विकासको लागि सहयोग गर्ने बताएका छन् ।
धनुषाधाम स्थित धनुषाधाम संरक्षित वन क्षेत्रको अवलोकन गर्दै मन्त्री यादवले उक्त वन क्षेत्रलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको बताए।
मन्त्री यादवले संरक्षित वनको संरक्षण र विकासका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै भने, “यहाँ पर्यटन प्रवर्द्धनको अपार सम्भावना छ। हामी आवश्यक पूर्वाधार विकास र संरक्षणमा सक्दो सहयोग गर्नेछौं।”
वन तथा वातावरण मन्त्रालयका अनुसार धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्व बोकेको यस क्षेत्रको दिगो संरक्षण र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिने छ।
अवलोकनका क्रममा मन्त्री यादव सहितको टोलीले संरक्षित वन क्षेत्र, निर्माणाधीन रामायण वाटिका, श्मशान घाट लगायत स्थानहरूको निरीक्षण गरेको थियो। टोलीले श्मशान घाटको प्रवेशद्वार नजिक वर र पीपलका बिरुवा रोपेर हरियाली प्रवर्द्धनको सन्देश समेत दिएको थियो।
सो अवसरमा प्रदेश वन निर्देशक जगन्नाथ प्रसाद जयसवाल, धनुषाका डिभिजनल वन अधिकृत विनोद सिंह, धनुषाधाम वन संरक्षण परिषद्का पदाधिकारी, सब–डिभिजन वन कार्यालय प्रमुख शंकरनारायण झा, अन्य वन अधिकृत तथा स्थानीय वनकर्मीहरूको उपस्थिति रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…