आज देशको विभिन्न स्थानमा बर्षाको सम्भावना
भोलि पनि नेपालको धेरै ठाउँमा वर्षाको सम्भावना रहेको र पर्सि शुक्रवारदेखि ३–४ दिन पानी नपर्ने र सुक्खा हुने अनुमान रहेको मौसमविद् विनोद पोख्रेलले बताए ।

२०८२ जेठ २१ बुधबार, बिहान ९:०० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । आज देशको विभिन्न स्थानमा बर्षाको सम्भावना रहेको मौसम विभागले जानकारी दिएको छ ।
कोशी प्रदेशका धेरै ठाउँमा मनसुनी वायुको प्रभाव रहेकोले त्यस क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायु पूर्वमा सक्रिय छ ।
देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सर्लाहीको परवानीपुरमा ५६ दशमलव २ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै मोरङमा २९ दशमलव ६, सिन्धुलीमा २५ दशमलव ८ र उदयपुरमा २४ दशमलव २ मिलिमिटर वर्षाको मापन भएको छ ।
यसैगरी जनकपुर, महोत्तरी, रौतहट, सिराहा, धनुषा ,सप्तरी, सुनसरी , मोरङ, रामेछाप, सोलुखुम्बु र आसपासका ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…