क्रिकेटर पूजा महतोले भनिन् – “म चाहन्छु, मधेसबाट अनेक पूजा महतो जन्मून्”

२०८२ जेठ १७ शुक्रबार
रति ८:२८ बजे
राधेश्याम कुशवाहा

न्यूज ब्यूरो, सर्लाही । राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान तथा १९ वर्ष मुनिको महिला टोलीकी कप्तान पूजा महतोले मधेशबाट आफू जस्तै थप पूजाहरु जन्मिनुपर्ने बताएकी छन् । 

गणतन्त्र दिवसको अवसरमा चन्द्रनगर गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा बोल्दै महतोले एउटी पूजा महतो कहिले पनि पर्याप्त नहुने बताउँदै मधेशबाट थप पूजाहरुको आवश्यकता रहेको बताइन् । उनले भनिन–“म यही ठाउँबाट अनेक पूजा महतोहरू जन्मिनुहोस् भन्ने चाहन्छु।”

कार्यक्रमपछि पूजा महतोसँग सेल्फी खिच्नेहरूको भीड लागेको थियो। विद्यार्थी, बालबालिका, युवायुवती, कर्मचारी तथा जनप्रतिनिधिहरूले उत्साहपूर्वक महतोसँग फोटो खिचे।

गणतन्त्र दिवसको अवसरमा बोल्दै चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले लोकतन्त्रको आधारमा स्थापित गणतान्त्रिक व्यवस्थाको संरक्षण र सुदृढीकरण सबै नागरिकको दायित्व रहेको बताए।


गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान तथा १९ वर्षमुनिको महिला टोलीकी कप्तान पूजा महतोलाई चन्द्रनगर गाउँपालिकाद्वारा विशेष सम्मान गरेको थियो । 

गाउँपालिकाले नाढीतालमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजकुमार महतोले पूजा महतोलाई ५५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरे। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवले सम्मान समारोहको विस्तृत जानकारी दिएका थिए।

कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका दुई शहीद — विद्यासागर महतो र शिवकुमार रामका परिवारलाई पनि जनही २५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

त्यसैगरी विभिन्न आन्दोलनको क्रममा जेल जीवन बिताएका नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवारलाई पनि २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा

  • २०८२ जेठ १७ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो ।  विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने

पूरा पढ्नुहोस्

Bureau Menus