फेसबुकमा गर्लफ्रेण्डको फोटो राखेको भन्दै लालू यादवले छोरा तेजप्रतापलाई गरे घर निकाला
बिहारका पूर्वमन्त्रीसमेत रहेका ३७ वर्षीय तेजप्रतापले सन् २०१८ मा बिहारका पूर्वमुख्यमन्त्री दरोगा रायकी नातिनी ऐश्वर्या रायसँग विवाह गरेका थिए । तर श्रीमान् र घरपरिवारबाट राम्रो व्यवहार नभएको भन्दै ऐश्वर्याले घर छाडेकी थिइन् ।

२०८२ जेठ ११ आइतबार, बेलुकी ६:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी मुलुक भारत विहारका चर्चित नेता लालु प्रसाद यादवले आफ्ना जेठा छोरालाई घर निकाला गरेका छन् ।
बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दल (राजद) नेता यादवले जेठा छोरा तेजप्रताप यादवलाई घरबाट निकाला गरिदिएका छन् । उनलाई पार्टीबाट समेत ६ वर्षका लागि निष्कासित गरेका छन् । लालू यादवले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन् ।
उनले अबदेखि पार्टी र परिवारमा तेजप्रताप कुनै भूमिकामा नरहने बताएका छन् । “निजी जीवनमा नैतिक मूल्यलाई अवहेला गर्दा सामाजिक न्यायका लागि हाम्रो सामूहिक संघर्षलाई कमजोर तुल्याउँछ । ज्येष्ठ पुत्रको गतिविधि, लोक आचरण र गैरजिम्मेवारपूर्ण व्यवहार हाम्रो पारिवारिक मूल्य र संस्कारअनुसार छैन ,'लालूले भनेका छन् ।
पार्टीबाट मात्र नभई परिवारबाटै अलग गरेको उल्लेख गर्दै उनले अगाडि लेखेका छन्, ''उपरोक्त परिस्थितिका कारण उसलाई पार्टी र परिवारबाट अलग गर्छु । अबदेखि पार्टी र परिवारमा उसको कुनै भूमिका रहने छैन । उसलाई पार्टीबाट ६ वर्षका लागि निष्कासित गरिन्छ ।”
निजी जीवनमा के सही र के बेठिक हो भन्ने कुरा ठम्याउन तेजप्रताप स्वयं सक्षम रहेको पनि लालूको भनाइ छ । यसअघि सामाजिक सञ्जालमा तेजप्रतापको पोस्टलाई लिएर विपक्षी दलहरूले राजदमाथि चर्को आलोचना गरेका थिए ।
तेजप्रतापले भने आफ्नो फेसबुक एकाउन्ट ह्याक भएको दाबी गर्दै आएका छन् । उनको फेसबुक टाइमलाइनमा अनुष्का यादव नाम गरेकी महिलासँग लामो समयदेखि सम्बन्धमा रहेको दाबीसहित पोस्ट गरिएको गियो । अहिले भने उक्त पोस्ट डिलिट भइसकेको छ ।
बिहारका पूर्वमन्त्रीसमेत रहेका ३७ वर्षीय तेजप्रतापले सन् २०१८ मा बिहारका पूर्वमुख्यमन्त्री दरोगा रायकी नातिनी ऐश्वर्या रायसँग विवाह गरेका थिए । तर श्रीमान् र घरपरिवारबाट राम्रो व्यवहार नभएको भन्दै ऐश्वर्याले घर छाडेकी थिइन् ।
लालूका अर्का छोरा तेजस्वी भने राजदका अध्यक्ष हुन् । उनी बिहारका पूर्वउपमुख्यमन्त्री र अहिले बिहार विधानसभामा नेता प्रतिपक्ष हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…