
न्यूज ब्यूरो, १० जेठ । । मधेश प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतीशकुमार सिंहले आफूले बन्द गराएका अवैध निजी अस्पतालहरू स्थानीय तहले पुनः सञ्चालनमा ल्याएको गम्भीर आरोप लगाएका छन्।
शनिबार सर्लाहीको बरहथवा नगरपालिका–१, नयाँ बजारमा आयोजित जनमत पार्टीको आम सभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले अनुगमनका क्रममा दर्ता नभएका र मापदण्ड विपरीत सञ्चालनमा रहेका अस्पतालहरू बन्द गराए पनि स्थानीय सरकारहरू पैसा लिएर ती अस्पताल फेरि खोल्न दिइरहेको दाबी गरे।
मैले अनुगमन गर्दा दर्ता नै नभएका र मापदण्ड विपरीतका अस्पताल बन्द गराएँ। तर स्थानीय तहले धमाधम पैसा खाएर खुल्न दिइरहेका छन्, उनले भने।
संयुक्त सरकार सञ्चालनको सन्दर्भमा सिंहले अन्य पार्टीहरूसँग मिलेर सरकार चलाउँदा आफूले सोचेजस्तो काम गर्न नपाएको गुनासो समेत पोखे। उनले अनेकन अप्ठ्यारा र अवरोधहरूबीच सरकार सञ्चालन गर्नुपरेको बताए।
कार्यक्रममा उनले आगामी निर्वाचनमा जनमत पार्टीले ५० भन्दा बढी सङ्घीय सिट जित्ने लक्ष्य राखेको जानकारी गराउँदै पार्टी अध्यक्ष डा। सीके राउतलाई प्रधानमन्त्री बनाउने अभियानमा लाग्ने उद्घोष गरे।
आफ्नो पार्टीको कार्यक्रम सम्पन्न गरेपछि साँझ मुख्यमन्त्री सिंहले बरहथवा–१ स्थित खर्साल घाटमा पुगेर बागमती नदीको तटबन्धको निरीक्षण समेत गरेका छन्।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८२ जेठ ११ शनिबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्