धनुषामा पशु नश्ल सुधार सम्बन्धि जनचेतना गोष्ठी
न्यूज ब्यूरो | जनकपुरधाम, २६ असार । धनुषामा पशु नश्ल सुधार सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । धनुषाको धनुषाधााम नगरपालिकाबाट विनियोजित आर्थिक वर्ष २०७४ ७५ को बजेटबाट पशु नश्ल सुधार सम्बन्धि जनचेतना गोष्ठी गरिएको हो । पशुहरुको प्रजनन सम्बन्धमा प्रशिक्षकहरुले प्रकाश पार्दै दुध उत्पादन सम्बन्धमा समेत प्र

२०७५ असार २६ मंगलबार, राति ८:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २६ असार । धनुषामा पशु नश्ल सुधार सम्बन्धि गोष्ठी सम्पन्न भएको छ ।
धनुषाको धनुषाधााम नगरपालिकाबाट विनियोजित आर्थिक वर्ष २०७४ ७५ को बजेटबाट पशु नश्ल सुधार सम्बन्धि जनचेतना गोष्ठी गरिएको हो ।
पशुहरुको प्रजनन सम्बन्धमा प्रशिक्षकहरुले प्रकाश पार्दै दुध उत्पादन सम्बन्धमा समेत प्रष्ट उक्त गोष्ठीमा पारिएको थियो ।
धनुषाधाम नगरपालिकाका उपप्रमुख विद्या देवी भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न एक दिने गोष्ठीबाट साँढेबाट प्रजनन नगराईकनै पनि कृ.ग. बाट प्रजनन गराउने बारे समेत जनमानसमा जनचेतना फैलाइएको हो । गोष्ठीमा प्रजनन रोग बारे जानकारी, पशु विमा सम्बन्धी जानकारी, कृ.ग. सेवाबाट बाछी जन्माउने वीर्य बारे जानकारी गराइएको थियो ।
नगरपालिकाको सहयोग तथा नगरपालिका पशु शाखाको आयोजनामा उक्त गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा क्षेत्रिय पशु रोग निवारण प्रयोगशाला जनकपुरका डा. लक्ष्मी नारायण दासले प्रशिक्षण सहित कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनीधि तथा कृषक वर्गहरु सहित बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…