पूर्वी धनुषामा हिजैदेखि बत्ति गुल, आकस्मिक सेवा समेत प्रभावित
यदूकूहा बजार क्षेत्रमा लाईन सुचारु भएको जनाउँदै पूर्वी धनुषाको कमला नगरपालिका, विदेह नगरपालिका, सबैला नगरपालिका, जनकनन्दिनी गाउँपालिका लगायतका क्षेत्रहरुमा अझै लाईन सुचारु हुन सकेको छैनन् । केही बेरमा लाईन सुचारु हुने जनाइएको छ ।

२०८२ जेठ ३ शनिबार, बिहान ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषामा शुक्रबारदेखि नै बिजुली अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि कटेको लाईन अझै सुचारु हुन सकेको छैनन् ।
पूर्वी धनुषाको यदुकूहा फिडरबाट सँचालन हुने लाईन शुक्रबारदेखि अवरुद्ध हुँदा यहाँको आकस्मिक सेवाहरु समेत प्रभावित बनेको छ । ३३ केभिएको लाईन राती १२ बजेसम्म मर्मत भएर सुचारु भएपनि यदुकूहा फिडरमा लाईन सँचालन हुन सकेको छैनन् ।
यदूकूहा फिडरमा ११ केभिएको लाईनमा सर्ट सर्किट र समस्या आएपछि अझै सुचारु हुन नसकेको नेपाल विद्युत प्राधिकरणका प्रादेशिक प्रमुख शम्भु कुसियैत यादवले जानकारी दिए ।
यदूकूहा बजार क्षेत्रमा लाईन सुचारु भएको जनाउँदै पूर्वी धनुषाको कमला नगरपालिका, विदेह नगरपालिका, सबैला नगरपालिका, जनकनन्दिनी गाउँपालिका लगायतका क्षेत्रहरुमा अझै लाईन सुचारु हुन सकेको छैनन् । केही बेरमा लाईन सुचारु हुने जनाइएको छ ।
लाईन सुचारु नभएपछि टेलिकमको नेटवर्क समेत काम गर्न छोडेको छ । यसले आकस्मिक सेवा प्रभावित भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…