डीआईजी गणेश ठाडा मगरः एआईजी पदका लागि योग्य उम्मेदवार
माओवादी द्वन्द्वकालमा दाङ, प्युठान, नुवाकोट र स्याङ्जा जस्ता संवेदनशील जिल्लामा खटिएका ठाडा मगरले अपरेसनल दक्षता देखाएर आफूलाई ‘कमाण्डर’ मात्र होइन, ‘लडाकु’को रूपमा पनि स्थापित गरेका थिए। त्यतिबेला नेकपा एमाले तथा नेपाली कांग्रेसका थुप्रै नेता र स्थानीय समाजका अगुवाहरू आज पनि उनको निडरता, दूरदृष्टि र निर्णय क्षमताको खुलेर प्रशंसा गर्छन्।

२०८२ जेठ २ शुक्रबार, बिहान ५:५५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सधैं जिम्मेवारीमा उत्कृष्टता प्रदर्शन गर्दै आएका सशस्त्र प्रहरीका डीआईजी गणेश ठाडा मगरलाई नेतृत्व गरेका युनिटहरूमा लगातार सर्वोत्कृष्ट बनाउने क्षमता देखाउँदै आएका छन्।
उनका साथमा काम गरेका अधिकृतहरूका अनुसार, उनले कमाण्ड गरेका सबै युनिटहरू कार्यसम्पादन, अनुशासन, तालिम, अपरेसन तथा
डीआईजी मगरले मधेशस्थित नम्बर २ छिन्नमस्ता बाहिनीको नेतृत्व गर्दा २०७८ सालको आन्तरिक निरीक्षणमा बाहिनीलाई देशकै सर्वोत्कृष्ट बनाएको रेकर्ड छ ।
त्यसपछि उनी बाग्मतीस्थित बाहिनीपति हुँदा २०८१ सालमा पुनः सर्वोत्कृष्ट बाहिनीको ट्रफी तत्कालीन गृहमन्त्री रमेश लेखकबाट प्राप्त गरे। दुवै वर्षमा डीआईजी शैलेश थापा क्षेत्री र डीआईजी रमेशकुमार शाहीजस्ता वरिष्ठ अधिकृतहरूले नेतृत्व गरेका बाहिनीहरू क्रमशः छैटौं र सातौं स्थानमा रहेको बेला विशिष्टता ल्याए ।
माओवादी द्वन्द्वकालमा दाङ, प्युठान, नुवाकोट र स्याङ्जा जस्ता संवेदनशील जिल्लामा खटिएका ठाडा मगरले अपरेसनल दक्षता देखाएर आफूलाई ‘कमाण्डर’ मात्र होइन, ‘लडाकु’को रूपमा पनि स्थापित गरेका थिए। त्यतिबेला नेकपा एमाले तथा नेपाली कांग्रेसका थुप्रै नेता र स्थानीय समाजका अगुवाहरू आज पनि उनको निडरता, दूरदृष्टि र निर्णय क्षमताको खुलेर प्रशंसा गर्छन्।
उनले भारतबाट व्यवस्थापन तालिम, चीनबाट उच्चस्तरीय कमाण्ड तथा स्टाफ तालिम, इटालीबाट मानव अधिकारसम्बन्धी तालिम तथा संयुक्त राष्ट्रसंघको तालिम प्रशिक्षकको रूपमा समेत ख्याति कमाएका छन्।
उनले भारतबाट व्यवस्थापन तालिम, चीनबाट उच्चस्तरीय कमाण्ड तथा स्टाफ तालिम, इटालीबाट मानव अधिकारसम्बन्धी तालिम तथा संयुक्त राष्ट्रसंघको तालिम प्रशिक्षकको रूपमा समेत ख्याति कमाएका छन्। उनी APF कमाण्ड तथा स्टाफ कलेजको प्रमुख भइसकेका छन् र अहिले प्रतिस्पर्धामा रहेका सुरेश श्रेष्ठजस्ता अधिकृतहरूलाई समेत प्रशिक्षण दिएका छन्। यस्तो अन्तर्राष्ट्रिय exposure ले उनलाई समग्र सुरक्षा प्रशासनमा रणनीतिक र व्यावहारिक दृष्टिले बलियो बनाएको छ।
केही विवादास्पद विषय जस्तै सामाजिक सञ्जालमा पूर्वराजा र ट्रम्पविरुद्धको टिप्पणी तथा तस्करीसम्बन्धी आरोपहरू रहेका छन्, तर ठाडा मगरले ती आरोपहरूलाई निरन्तर खण्डन गर्दै आएका छन्। कुनै पनि अनुसन्धानमा ती आरोपहरू पुष्टि भएका छैनन्। प्रायः अग्रपंक्तिमा खटिने इमानदार अधिकृतहरू प्रहारको केन्द्र बन्नु नौलो होइन। त्यसैले, उनीमाथिका आरोपभन्दा बढी त उनको काम, प्रतिबद्धता र नतिजामूलक नेतृत्वलाई मूल्याङ्कन गर्नु समयको माग रहेको टिप्पणी गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…