न्यूज ब्यूरो, जनकपुरधाम । भारतले आफ्नो देशमा गरेको हवाई आक्रमणलाई पाकिस्तानले ‘युद्धको कार्य’ भनेको छ । पाकिस्तानले भारतसँग बदला लिने दाबी समेत गरेको छ ।
पाकिस्तानले भनेको छ, ‘हामी ठाउँ र समय छनोट गरेपछि आक्रमण गर्नेछौँ ।’ प्रधानमन्त्री शाहबाज शरीफले बुधबार पाकिस्तानको संसद्मा भारतले कायरतापूर्ण आक्रमण गरेको बताएका छन् । अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नरहेको उनले फेरि दाबी गरे ।
उनले भारतको कारबाहीमा पाकिस्तानले जित हासिल गरेको पनि जिकिर गरे । यस आक्रमणको जवाफमा पाकिस्तानले कारबाही गर्दा ५ वटा भारतीय लडाकु विमान खसालेको उनको भनाई छ ।
यी पाँच विमानहरूमध्ये ३ वटा राफेल विमान रहेको उनले दाबी गरे । ‘यसले प्रमाणित गर्छ कि पाकिस्तान शत्रुको विमानलाई समुद्रमा खसाल्न पूर्ण रूपमा तयार छ । पाकिस्तानका तीनै सेनाले धेरै दिनदेखि तयारी गरिरहेका थिए, जसका कारण उनीहरूले भारतीय विमानहरूलाई खसाल्न सफल भए,’ उनले भने ।
यसैबिच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले हिजोको आक्रमणमा भारतले धेरै क्षति बेहोरेको बताए । उनले भने, ‘यो नोक्सानबाट मुक्त हुन, उसले आज फेरि आक्रमण गर्न सक्छ ।’
यातायात कार्यालय जनकपुरले २४ हजार बढी लाईसेन्स वितरण गर्दै, यही लटमा तपाईको आयो की ?
- २०८२ बैशाख २५ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । यातायात व्यवस्था कार्यालय, जनकपुरधामले झन्डै २४ हजार थान क्यूआरयुक्त सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण सुरु गरेको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै सेवाग्राहीलाई कार्ड वितरण गर्न
पूरा पढ्नुहोस्




