भारतसँग बदला लिने पाकिस्तानको उद्घोष

२०८२ बैशाख २५ बिहीबार
बिहान ०९:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  भारतले आफ्नो देशमा गरेको हवाई आक्रमणलाई पाकिस्तानले ‘युद्धको कार्य’ भनेको छ । पाकिस्तानले भारतसँग बदला लिने दाबी समेत गरेको छ ।

पाकिस्तानले भनेको छ, ‘हामी ठाउँ र समय छनोट गरेपछि आक्रमण गर्नेछौँ ।’ प्रधानमन्त्री शाहबाज शरीफले बुधबार पाकिस्तानको संसद्मा भारतले कायरतापूर्ण आक्रमण गरेको बताएका छन् । अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नरहेको उनले फेरि दाबी गरे ।

उनले भारतको कारबाहीमा पाकिस्तानले जित हासिल गरेको पनि जिकिर गरे । यस आक्रमणको जवाफमा पाकिस्तानले कारबाही गर्दा ५ वटा भारतीय लडाकु विमान खसालेको उनको भनाई छ ।

यी पाँच विमानहरूमध्ये ३ वटा राफेल विमान रहेको उनले दाबी गरे । ‘यसले प्रमाणित गर्छ कि पाकिस्तान शत्रुको विमानलाई समुद्रमा खसाल्न पूर्ण रूपमा तयार छ । पाकिस्तानका तीनै सेनाले धेरै दिनदेखि तयारी गरिरहेका थिए, जसका कारण उनीहरूले भारतीय विमानहरूलाई खसाल्न सफल भए,’ उनले भने ।

यसैबिच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले हिजोको आक्रमणमा भारतले धेरै क्षति बेहोरेको बताए । उनले भने, ‘यो नोक्सानबाट मुक्त हुन, उसले आज फेरि आक्रमण गर्न सक्छ ।’

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८२ बैशाख २५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus