मध्यरातमा पाकिस्तानमाथि भारतको 'अपरेशन सिन्दुर', ६ ठाउँमा हमला, ८ मारिए, कैयौँ घाईते
बीबीसीका अनुसार भारतले यो अपरेशन कश्मीर क्षेत्रमा गरेको छ । जहाँ भारतमाथि हमलाको आक्रमण बनेको थियो । त्यहीँबाट आक्रमण सुरु गरेको समाचारमा जनाइएको छ । भारतको कस्मिर पहलगाममा पयर्टकमाथि भएको आतंककारी आक्रमणको बदलमा भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको हो । भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप

२०८२ बैशाख २४ बुधबार, बिहान ५:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मध्यरातमा पाकिस्तानका कम्तिमा पाँच स्थानमा भारतीय सेनाले आक्रमण गरेको छ ।
पाकिस्तानी इन्टर सर्भिस पब्लिक रिलेसन (आईएसपीए) का निर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यम डानले जनाएअनुसार आक्रमणमा ८ बढी पाकिस्तानी नागरिकको मृत्यु भइसकेको छ ।
आक्रमणबाट हालसम्म ३५ जनाभन्दा बढी घाइते भएका छन् ।
भारतको यो आक्रमण वस्ती क्षेत्रमा भएको जनाइएको छ । भारतले यसलाई ‘अपरेशन सिंदुर’ भनेको छ ।
बीबीसीका अनुसार भारतले यो अपरेशन कश्मीर क्षेत्रमा गरेको छ । जहाँ भारतमाथि हमलाको आक्रमण बनेको थियो । त्यहीँबाट आक्रमण सुरु गरेको समाचारमा जनाइएको छ ।
भारतको कस्मिर पहलगाममा पयर्टकमाथि भएको आतंककारी आक्रमणको बदलमा भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको हो । भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ । उक्त आतंककारी हमलामा एक नेपालीसहित कुल २६ जनाको हत्या भएको थियो ।
भारतले उक्त २६ जना ज्यानको १५ दिनभित्र बदला लिएको जनाएको छ । भारतीय सँचारमाध्यमका अनुसार, भारतीय सेनाले गरेको एयर स्ट्राईकमा पाकिस्तानीहरुको मृत्यू भएको जनाएको छ । तनाव अहिले जारी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…