जनकपुरमा एमालेका उमाशंकर र रघुवीर महासेठ गुटबीच कुटाकुट, नेताहरु थुरिए 

२०८२ बैशाख २३ मंगलबार
बेलुकी ५:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेकपा एमालेको धनुषाको अधिवेशन स्थलमा आज मध्यान्ह दुई पक्षबीच झडप भएको छ ।

निर्वाचन समितिले धाँधली गर्‍यो भन्दै विहानदेखि एमाले धनुषामा विवाद चर्किएको छ । उक्त विवादले तनाव बढेपछि झडप भएको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले बताए ।

झडपमा दुई नेतासहित पाँच जना घाइते भएको धनुषा प्रहरीले जनाएको छ । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झडपको क्रममा दुवै जनाको टाउको फुटेको छ । अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर भएको झडपमा कुर्सी हानाहानसमेत भएको थियो । त्यसको केहीबेरमा पुनः विवाद हुँदा २ जना घाइते भएको जनाइएको छ ।

गत २० वैशाखदेखि सुरु अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो ।

एमालेका केन्द्रिय नेता रघुविर महासेठको प्रभावमा निर्वाचन समितिले गतिविधि गर्न थालेपछि विवाद चर्किएको एमाले जिल्ला अध्यक्ष राजकिशोर बताउँछन् । आफै गएर फर्जी काम गराउन थालेपछि विवाद भएको उनको भनाइ छ ।

  • 2%
  • 88%
  • 3%
  • 0%
  • 2%
  • 2%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८२ बैशाख २३ मंगलबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus