धनुषाधाममा ईलाका प्रशासन कार्यालय स्थापना हुने, नागरिकता, पासपोर्ट धनुषाधाममै 

२०८२ बैशाख २२ सोमबार
दिउसो २:०७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यू्ज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालय धनुषा मातहतको ईलाका प्रशासन कार्यालय धनुषाधाम स्थापना हुने घोषणा गरिएको छ । 

सोमबार धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा ईलाका प्रशासन कार्यालय स्थापनाको लागि पहलकदमी भई प्रक्रिया सुरु भएको बताए । 

धनुषा नगरपालिकासहित नजिक पर्ने अन्य स्थानीय तहका वासिन्दा र धनुषा निर्वाचन क्षेत्र नं. १ (क) का क्षेत्रवासीका लागि नागरिकता, पासपोर्टसहित जिल्ला प्रशासनबाट प्रदान हुने सुविधाहरु सोही ठाउँबाट लिन सकिने जनाएको छ । 

स्थानीय नागरिकहरूले  नागरिकता ,सरकारी सेवा सुविधाहरू सहजै र छिटो प्राप्त गर्न सक्ने गरी ईलाका प्रशासन कार्यालय स्थापनाको लागि लामो प्रयास गरेको मेयर बालेश्वर मण्डलले जनाए । 

ईलाका प्रशासन कार्यालयको स्थापनाले स्थानीय स्तरमा प्रशासनिक कामकाजलाई थप सरल र सुलभ बनाउने विश्वास गरिएको छ। यसका साथै, यसले स्थानीय बेरोजगारी घटाउने र कामकाजी जनसंख्यालाई सकारात्मक प्रभाव पार्ने अपेक्षा पनि गरिएको छ।

ूयस शाखा कार्यालयको स्थापना नगरवासी र क्षेत्रवासीलाई प्रशासनिक कार्यहरू गर्न सजिलो बनाउने उद्देश्य हो। यसले दूरदराजका क्षेत्रहरूमा सेवा पुर्याउन र तिनीहरूको समस्या समाधान गर्न मद्दत पुर्याउनेछ,ू मेयर मण्डलले भने।

शाखा कार्यालयको सञ्चालनले स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने र जनतालाई आवश्‍यक सेवाहरू सहज रूपले प्रदान गर्नेछ।

उक्त कार्यलयका लागी सहायक सि डि यो र जिल्ला प्रशासनका अधिकृत निरज  श्रीवास्तव लगायतका कर्मचारीहरुको उपस्तिथि रहेको थियो ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा

  • २०८२ बैशाख २२ सोमबार

न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् ।  आईतबार जसपा

पूरा पढ्नुहोस्

Bureau Menus