हिन्दुस्तानले ३६ घण्टाभित्र पाकिस्तानमाथि आक्रमण गर्न सक्ने दाबी
‘आधारहीन र मनगढन्ते आरोपको बहानामा भारतले आगामी २४(३६ घण्टाभित्र पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानसँग विश्वसनीय गुप्तचर जानकारी छ,’ उनले सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै भनेका छन्।

२०८२ बैशाख १७ बुधबार, बिहान ९:३१ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । कश्मिरमा भएको आतंकी हमलापछि अहिले हिन्दुस्तान (भारत) र पाकिस्तानबीच तनाव बढेको छ ।
पाकिस्तानले भारतले ३६ घन्टाभित्र आक्रमण गर्नसक्ने दाबी गरेको छ।
जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको दाबी भारतको छ। सोही आधारमा भारतले पाकिस्तानमाथि २४ देखि ३६ घन्टाभित्र आक्रमण गर्न सक्ने विश्वसनीय सूचना प्राप्त भएको पाकिस्तानका सञ्चारमन्त्री अताउल्लाह तरारले सामाजिक सञ्जालमार्फत सन्देश जारी गरेका छन्।
‘आधारहीन र मनगढन्ते आरोपको बहानामा भारतले आगामी २४-३६ घण्टाभित्र पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानसँग विश्वसनीय गुप्तचर जानकारी छ,’ उनले सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै भनेका छन्।
मन्त्री तरारले आफ्नो भनाइलाई पुष्टि हुने आधार भने सार्वजनिक गरेका छैनन्।
यद्यपि कुनै पनि प्रकारका सैन्य कारबाही भए पाकिस्तानले त्यसको जबाफ दिने चेतावनी पनि मन्त्री तरारले दिएका छन्। र ती सबैको जिम्मेवार भारत हुने उनले बताएका छन्।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…