कुशल कार्यसम्पादनबीच धनुषाका एसपी तिवारीको सरुवा, नयाँ एसपीमा रेग्मी आउँदै
उनको कार्यकाला पत्रकारमाथि दबाब, प्रेस स्वतन्त्रतामाथि अँकुश लगाउने कार्य सबभन्दा अधिक भएको छ ।
२०८२ बैशाख १५ सोमबार, बेलुकी ५:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीको सरुवा भएको छ ।
धनुषामा १३ महिनाको कार्यकालपछि उनको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयले निकालेको सूचिमा उनलाई ललितपुर सरुवा भएको हो । धनुषाको १३ महिने कार्यकालमा कुशल कार्यकाल सम्पादन गरेका एसपीको रुपमा कार्यरत रहेँ ।
जिल्ला प्रहरी कार्यालय परिसरलाई वातावरणीय रुपरेखा परिवर्तन, सरसफाई र नयाँपन दिएका एसपी तिवारीले भने मुद्दा मामिलाको सन्दर्भमा, घटनाहरुको सन्दर्भमा बेला बेलामा विवादित भए ।
एसपी तिवारी पत्रकारहरु विनय यादव मृत्यू प्रकरण, पत्रकार हदिश खुद्दार प्रकरण र पत्रकार सुमित मिश्र प्रकरणमा केहि विवादित बने । उनको कार्यकाला पत्रकारमाथि दबाब, प्रेस स्वतन्त्रतामाथि अँकुश लगाउने कार्य सबभन्दा अधिक भएको छ । उनको कार्य सम्पादन भने अन्य एसपीभन्दा तिव्र देखिएको थियो ।
मातहतका प्रहरीलाई अनुशासनमा राख्ने, अनुशासन विपरित कार्य गर्नेलाई तुरुन्त कारवाही र हल्का दाग लाग्ने प्रहरीलाई काज सरुवा गरी अन्य ठाउँमा पठाउने, निलम्बन गर्ने कार्यमा उनी अग्रसर थिए ।
धनुषा जिल्लाको नयाँ एसपीमा नरहरी रेग्मी आउने भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सँतोष कुमार ठाकुर
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…