कुशल कार्यसम्पादनबीच धनुषाका एसपी तिवारीको सरुवा, नयाँ एसपीमा रेग्मी आउँदै 

२०८२ बैशाख १५ सोमबार
बेलुकी ५:४३ बजे
सँतोष कुमार ठाकुर
Photo: google

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीको सरुवा भएको छ । 

धनुषामा १३ महिनाको कार्यकालपछि उनको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयले निकालेको सूचिमा उनलाई ललितपुर सरुवा भएको हो । धनुषाको १३ महिने कार्यकालमा कुशल कार्यकाल सम्पादन गरेका एसपीको रुपमा कार्यरत रहेँ ।

जिल्ला प्रहरी कार्यालय परिसरलाई वातावरणीय रुपरेखा परिवर्तन, सरसफाई र नयाँपन दिएका एसपी तिवारीले भने मुद्दा मामिलाको सन्दर्भमा, घटनाहरुको सन्दर्भमा बेला बेलामा विवादित भए ।

एसपी तिवारी पत्रकारहरु विनय यादव मृत्यू प्रकरण, पत्रकार हदिश खुद्दार प्रकरण र पत्रकार सुमित मिश्र प्रकरणमा केहि विवादित बने । उनको कार्यकाला पत्रकारमाथि दबाब, प्रेस स्वतन्त्रतामाथि अँकुश लगाउने कार्य सबभन्दा अधिक भएको छ । उनको कार्य सम्पादन भने अन्य एसपीभन्दा तिव्र देखिएको थियो । 

मातहतका प्रहरीलाई अनुशासनमा राख्ने, अनुशासन विपरित कार्य गर्नेलाई तुरुन्त कारवाही र हल्का दाग लाग्ने प्रहरीलाई काज सरुवा गरी अन्य ठाउँमा पठाउने, निलम्बन गर्ने कार्यमा उनी अग्रसर थिए । 

धनुषा जिल्लाको नयाँ एसपीमा नरहरी रेग्मी आउने भएका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 75%
  • 25%
  • 0%

जसपा नेपालको धनुषा जिल्ला अध्यक्षमा पुनः पशुपति, उपाध्यक्षमा मेयर दिनेश यादव विजयी

  • २०८२ बैशाख १५ सोमबार

 न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव पुनः दोहरिएका छन् ।  शनिबारदेखि सुरु भएको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि आइतवार सम्पन्न मतदान प्रक्रियाबाट पशुपति यादव

पूरा पढ्नुहोस्

Bureau Menus