कश्मिर हमलापछि आफ्नै देशविरुद्ध पोष्ट गरेको भन्दै गायिका नेहा सिँह राठौरविरुद्ध देशद्रोहको मुद्दा दायर
गायिका राठौरविरुद्ध भारतीय दण्ड संहिताको कैयौँ धारा लगाएर कारवाही प्रक्रिया थालिएको हो । उनीविरुद्ध 196(1)(a), 196(1)(b), 197(1)(a), 197(1)(b), 197(1)(c), 197(1)(d), 353(1)(c), 353(2), 302,152 र IT एक्ट 69A अन्तर्गत मुद्दा लगाएर प्रहरीले कारवाही प्रक्रिया अगाडी बढाएको हो ।

२०८२ बैशाख १५ सोमबार, बिहान ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पहलगाम आक्रमणमा गलत टिप्पणी गरेको भन्दै चर्चामा आएकी भारतीय लोक गायिका नेहा सिंह राठौर विरुद्ध देशद्रोहको मुद्दा दायर गरिएको छ।
उत्तर प्रदेशको हजरतगञ्ज थानामा उनि विरुद्ध मुद्दा दायर गरिएको एसिपी विकास जैसवालले बताएका छन । कवि अभय प्रताप सिंग ९निर्भिक०को जाहेरीमा उनिमाथि मुद्दा चलाइएको एसिपी जैसवालले बताए । अप्रिल २२ मा पहलगाममा २६ पर्यटकलाई पाकिस्तान समर्थित आतंकवादी संगठनले गोली हानी हत्या गरेको थियो ।
अम्बेडकरनगर निवासी नेहा सिंह राठौरले आफ्नो एक्स ह्यान्डलबाट गलत टिप्पणी गर्दै देश विरुद्ध बोलेको आरोप लागेको छ ।
गाजियाबादको लोनी विधानसभा क्षेत्रका भाजपा विधायक नन्दकिशोर गुर्जरले लोनी ठाणेमा नेहा विरुद्ध उजुरी दिएका छन । त्यसमा नेहाले आफ्नो एक्स अकाउन्टमा आपत्तिजनक, भ्रामक र राष्ट्रविरोधी पोस्ट गरेको बताएका थिए।
उनको देश विरोधी अभिव्यक्तिले पाकिस्तानप्रति सहानुभूतिको वातावरण तयार भइरहेको हुँदा उनि कट्टरपन्थी देशबाट आर्थिक सहयोग लिएर भारतमा आइएसआईको एजेन्टको रूपमा काम गरिरहेकी उनको आरोप छ ।
गायिका राठौरविरुद्ध भारतीय दण्ड संहिताको कैयौँ धारा लगाएर कारवाही प्रक्रिया थालिएको हो । उनीविरुद्ध 196(1)(a), 196(1)(b), 197(1)(a), 197(1)(b), 197(1)(c), 197(1)(d), 353(1)(c), 353(2), 302,152 र IT एक्ट 69A अन्तर्गत मुद्दा लगाएर प्रहरीले कारवाही प्रक्रिया अगाडी बढाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…