कश्मिर हमलापछि आफ्नै देशविरुद्ध पोष्ट गरेको भन्दै गायिका नेहा सिँह राठौरविरुद्ध देशद्रोहको मुद्दा दायर 

२०८२ बैशाख १५ सोमबार
बिहान ०९:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  पहलगाम आक्रमणमा गलत टिप्पणी गरेको भन्दै चर्चामा आएकी भारतीय लोक गायिका नेहा सिंह राठौर विरुद्ध देशद्रोहको मुद्दा दायर गरिएको छ।

उत्तर प्रदेशको हजरतगञ्ज थानामा उनि विरुद्ध मुद्दा दायर गरिएको एसिपी विकास जैसवालले बताएका छन । कवि अभय प्रताप सिंग ९निर्भिक०को जाहेरीमा उनिमाथि मुद्दा चलाइएको एसिपी जैसवालले बताए । अप्रिल २२ मा पहलगाममा २६ पर्यटकलाई पाकिस्तान समर्थित आतंकवादी संगठनले गोली हानी हत्या गरेको थियो ।

अम्बेडकरनगर निवासी नेहा सिंह राठौरले आफ्नो एक्स ह्यान्डलबाट गलत टिप्पणी गर्दै देश विरुद्ध बोलेको आरोप लागेको छ ।

गाजियाबादको लोनी विधानसभा क्षेत्रका भाजपा विधायक नन्दकिशोर गुर्जरले लोनी ठाणेमा नेहा विरुद्ध उजुरी दिएका छन । त्यसमा नेहाले आफ्नो एक्स अकाउन्टमा आपत्तिजनक, भ्रामक र राष्ट्रविरोधी पोस्ट गरेको बताएका थिए।

उनको देश विरोधी अभिव्यक्तिले पाकिस्तानप्रति सहानुभूतिको वातावरण तयार भइरहेको हुँदा उनि कट्टरपन्थी देशबाट आर्थिक सहयोग लिएर भारतमा आइएसआईको एजेन्टको रूपमा काम गरिरहेकी उनको आरोप छ ।

गायिका राठौरविरुद्ध भारतीय दण्ड संहिताको कैयौँ धारा लगाएर कारवाही प्रक्रिया थालिएको हो । उनीविरुद्ध 196(1)(a), 196(1)(b), 197(1)(a), 197(1)(b), 197(1)(c), 197(1)(d), 353(1)(c), 353(2), 302,152 र IT एक्ट 69A अन्तर्गत मुद्दा लगाएर प्रहरीले कारवाही प्रक्रिया अगाडी बढाएको हो । 

  • 13%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०८२ बैशाख १५ सोमबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus