
न्यूज ब्यूरो, जनकपुरधाम । प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराँते प्रतियोगितामा मधेशले स्वर्ण पदक जितेको छ ।
मधेश प्रदेशले १ स्वर्ण पदक, १ रजत पदक र २ कास्य पदक जित्न सफल भएको कराँते महासंघ धनुषाका अध्यक्ष वीरेन्द्र कर्णले जनाए ।
कर्णका अनुसार, मधेशबाट सहभागिता जनाएका राकेश मानन्धरले स्वर्ण पदक जित्न सफल भएका छन् । मधेशकै टोलीमा पोर्सिया चौधरी रजत पदक जितिन भने सरोज पासवान र आदित्य कालिकोटेले कास्य पदक जित्न सफल भएका छन् ।
यल कराते सितोरियो डोको आयोजना र प्रदेश खेलकुद विकास परिषद, वागमती प्रदेशद्वार प्रायोजित तीन दिने प्रतियोगितामा पुरूषमा ८६ र महिलामा ७५ गरी कुल १ सय ६१ खेलाडीको सहभागीता रहेको थियो । पुरूषतर्फ १० र महिलातर्फ ९ गरी १९ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
स्वीयू चुनाव नगरेको भन्दै राराब कलेज जनकपुरलाई कारण देखाउ आदेश
- २०८२ बैशाख १४ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) चुनाव नगरेको विषयमा राराब कलेज जनकपुरविरुद्ध जनकपुर उच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। शैलेन्द्र कुमार मण्डलले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइपछि
पूरा पढ्नुहोस्