काँग्रेस सह महामन्त्रीको चरित्र हत्या गरेको भन्दै कार्यकर्ताहरुले गरे राजमार्गमा जाम
केही मिडियाहरुले समे्त मुकेश यादव नामक व्यक्तिलाई उनको छोरा बनाएर समाचार प्रकाशित गरेको हो । उनको दुई छोरा डा. आकाश र डा. विकास रहेका छन् । मुकेश उनको कुनै छोरा नरहेको प्रष्टयाएका छन् ।

२०८२ बैशाख १३ शनिबार, बिहान ११:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका सह महामन्त्री महेन्द्र यादवलाई चरित्र हत्या गरेको भन्दै धनुषामा काँग्रेसका नेता कार्यकर्ताहरु चक्का जाम गरेका छन् ।
भाटभटेनी चोरी काण्डमा काँग्रेस नेता यादवलाई अनाहकमा जोडेर मादमर्दन गरेको भन्दै कार्यकर्ताहरुले राप्रपाका अध्यक्ष राजेन्द्र लिँगदेनविरुद्ध नारावाजी समेत गरेका छन् । नेता यादवले मुकेश नामक आफ्नो कुनै छोरा नरहेको स्पष्ट पारिसकेका छन् । उनको दुवै छोरा डाक्टर रहेको र विदेश रहेको प्रष्टयाएका छन् ।
जनकपुर ढल्केवर सडकखण्डमा लक्ष्मीनियाँस्थित नेता कार्यकर्ताहरुले आधा घण्टा चक्का जाम गरेर विरोध जनाएको हो । राप्रपा अध्यक्ष लिँगदेनले सहमहामन्त्री यादवलाई जोडेर उनको छोरा भाटभटेनी चोरी काण्डमा सँलग्न रहेको बयान दिएपछि उनको चौतर्फी विरोध भएको हो ।
केही मिडियाहरुले समे्त मुकेश यादव नामक व्यक्तिलाई उनको छोरा बनाएर समाचार प्रकाशित गरेको हो । उनको दुई छोरा डा. आकाश र डा. विकास रहेका छन् । मुकेश उनको कुनै छोरा नरहेको प्रष्टयाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…