काँग्रेस सह महामन्त्रीको चरित्र हत्या गरेको भन्दै कार्यकर्ताहरुले गरे राजमार्गमा जाम 

२०८२ बैशाख १३ शनिबार
बिहान ११:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका सह महामन्त्री महेन्द्र यादवलाई चरित्र हत्या गरेको भन्दै धनुषामा काँग्रेसका नेता कार्यकर्ताहरु चक्का जाम गरेका छन् । 

भाटभटेनी चोरी काण्डमा काँग्रेस नेता यादवलाई अनाहकमा जोडेर मादमर्दन गरेको भन्दै कार्यकर्ताहरुले राप्रपाका अध्यक्ष राजेन्द्र लिँगदेनविरुद्ध नारावाजी समेत गरेका छन् । नेता यादवले मुकेश नामक आफ्नो कुनै छोरा नरहेको स्पष्ट पारिसकेका छन् । उनको दुवै छोरा डाक्टर रहेको र विदेश रहेको प्रष्टयाएका छन् । 

जनकपुर ढल्केवर सडकखण्डमा लक्ष्मीनियाँस्थित नेता कार्यकर्ताहरुले आधा घण्टा चक्का जाम गरेर विरोध जनाएको हो । राप्रपा अध्यक्ष लिँगदेनले सहमहामन्त्री यादवलाई जोडेर उनको छोरा भाटभटेनी चोरी काण्डमा सँलग्न रहेको बयान दिएपछि उनको चौतर्फी विरोध भएको हो । 

केही मिडियाहरुले समे्त मुकेश यादव नामक व्यक्तिलाई उनको छोरा बनाएर समाचार प्रकाशित गरेको हो । उनको दुई छोरा डा. आकाश र डा. विकास रहेका छन् । मुकेश उनको कुनै छोरा नरहेको प्रष्टयाएका छन् । 

  • 10%
  • 70%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०८२ बैशाख १३ शनिबार

Bureau Menus