भाईरल भिडियोः सर्वसाधारणलाई कुट्ने चार ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो 

२०८२ बैशाख ११ बिहीबार
बेलुकी ७:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । यतिबेला समाजिक सञ्जालमा भाईरल बनेको एक भिडियोपछि चार ट्राफिक प्रहरीको जिम्मेवारी खोसिएको छ । 

काठमान्डौँमा एक सर्वसाधारण यात्रुलाई निर्मम कुटपिट गरिरहेको् भिडियो सार्वजनिक भएपछि भिडियोमा देखिएका चारै जना ट्राफिक प्रहरीलाई कारवाही गरिएको हो । 

उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए ।

काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट भएको थियो । साथै, घटना गत मंसिर ११ गतेको रहेको प्रहरीले जनाएको छ । गत मँसिरकै भिडियो फेसबुकमा एकाएक भाईरल बनेपछि चारै जना ट्राफिक प्रहरी कारवाहीमा परेका छन् । 

उनीहरू चार जनालाई नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय झिकाएर आवश्यक अनुसन्धान भइरहेको छ ।

एक जना व्यक्ति कुटिएको भिडिओ बिहीबार बिहानैबाट यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छ । उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिएको छ ।

ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ । कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ ।

ट्रफिकको हरकतपछि चारैतर्फ आक्रोस बढेको छ । सर्वसाधारणहरुमा प्रहरीप्रति आक्रोस व्यक्त गरिएको छ । 

  • 4%
  • 0%
  • 2%
  • 1%
  • 0%
  • 1%

रुद्रसेन विश्वकर्मा र समिक्षाको 'होली सररर' मा आर्यन सिँग्देल र बिना राउतको रोमान्स

  • २०८२ बैशाख ११ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  गायक रुद्रसेन विश्वकर्माले होली विशेष नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । उक्त गित बिहीबार युट्युबमा रिलिज गरिएको हो । गायकले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएको

पूरा पढ्नुहोस्

Bureau Menus