कश्मिरमा आतंकी हमलापछि भारत सशक्त, पाकिस्तानीलाई भगाउन सुरु 

२०८२ बैशाख ११ बिहीबार
बिहान ०८:४५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जम्मू–कश्मीर पहलगाममा अस्ति भएको आतङ्कवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा हिजो बसेको सुरक्षासम्बन्धी समिति ९सीसीएस० को बैठकले पाँच प्रमुख निर्णय गरेको छ ।

भारतले पाकिस्तानीहरूको लागि तत्काल लागू हुने गरी भिसामा प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन । अर्को निर्णय नभएसम्म कुनै पनि पाकिस्तानी नागरिकलाई भारतीय भिसा नदिने जनाएको छ ।

त्यस्तै, पाकिस्तानमा रहेको भारतीय दूतावास बन्द गर्नुका साथै भारतमा रहेको पाकिस्तानी दूतावास पनि बन्द गर्न भनिएको छ । पाकिस्तानी कूटनीतिज्ञलाई ७ दिनभित्र देश छोड्नुपर्ने भनिएको छ ।

बैठकले सिन्धु जल सम्झौता रोक्ने निर्णय गरेको छ भने अटारी सीमाबाट पनि आवतजावत रोक लगाएको छ । पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाले ज्यान गुमाएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

बोर्डिँग स्कूलहरुले कानुन विपरित लिएको शुल्क (फी) फिर्ता गराउन निर्देशन

  • २०८२ बैशाख ११ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  शिक्षा मन्त्रालयले कानुन विपरीत लिइएको भर्ना शुल्क र निर्देशिकाले तोकेको बाहेक अन्य शुल्क फिर्ता गराउन सबै पालिकाहरुलाई निर्देशन दिएको हो । नयाँ शैक्षिक सत्र अगावै विद्यार्थी भर्ना

पूरा पढ्नुहोस्

Bureau Menus