कश्मिरमा आतंकी हमलापछि एक्सनमा मोदी, दुई आतंकवादी मारिए, सर्च अपरेशनमा सैनिक
कश्मिर हमलापछि भारतको एजेन्सीहरु अलर्ट भएका छन् । २८ जनालाई मार्ने आतंकवादीलाई खोज्न कडा सर्च अपरेशन चलाएको हो । एजओसी नजिक घुसपैठको प्रयास गरेका दुई आतंकवादी मारिएको भारतीय सँचारमाध्यमहरुले जनाएका छन् । उनीहरुको साथबाट भारी मात्रामा हतियार समेत बरामद गरेको हो ।

२०८२ बैशाख १० बुधबार, बेलुकी ७:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतको जम्मु कश्मिरमा भएको आतंकी हमलापछि मोदी सरकार एक्सनमा आएका छन् । भारतीय सैनिकले सर्च अपरेशन कडा पारेका छन् ।
मँगलबार भएको आतंकी हमलापछि सैनिकले चलाएको सर्च अपरेशनपछि दुई आतंकवादी मारिएका छन् । जम्मु कश्मिरमा पर्यटकहरुलाई मारेर भागेका आतंकवादीहरुमध्ये दुई आतंकवादीलाई सेनाले मारेका छन् ।
कश्मिर हमलापछि भारतको एजेन्सीहरु अलर्ट भएका छन् । २८ जनालाई मार्ने आतंकवादीलाई खोज्न कडा सर्च अपरेशन चलाएको हो । एजओसी नजिक घुसपैठको प्रयास गरेका दुई आतंकवादी मारिएको भारतीय सँचारमाध्यमहरुले जनाएका छन् । उनीहरुको साथबाट भारी मात्रामा हतियार समेत बरामद गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…