बोलेरो जीपमा करेन्ट लागेर ४ जना जल्यो
मृत्यु हुनेमा ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका(१५ का ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडी चालक फुङलिङ नगरपालिका(१० निवासी ४२ वर्षीय दुर्गा भट्टराई रहेको प्रहरीले जनाएको छ।

२०८२ बैशाख ८ सोमबार, बिहान ९:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ताप्लेजुँग । ताप्लेजुङमा बोलेरो जिपमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ ।
पाथीभरा मन्दिरतर्फ जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सोमबार बिहान बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिँदा गाडीमा आगलागी भएको थियो।
उक्त आगलागीमा परी ४ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
मृत्यु हुनेमा ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका-१५ का ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडी चालक फुङलिङ नगरपालिका-१० निवासी ४२ वर्षीय दुर्गा भट्टराई रहेको प्रहरीले जनाएको छ।
दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…